संवैधानिक परिषदको बैठक आज, प्रधानन्यायाधीशका लागि नाम सिफारिस गरिने

काठमाडौं, भदौ ७ ।संवैधानिक परिषदको बैठक आज बस्दैछ । प्रधानन्यायाधीशका लागि नाम सिफारिस गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक आह्वान गरेका हुन् ।

बैठक दिउँसो ४ बजे बोलाइएको छ । यसअघि परिषदले दीपकराज जोशीलाई प्रधानन्यायाधीशका लागि सिफारिस गरेको थियो । तर संसदीय सुनुवाई विशेष समितिले जोशीलाई अस्वीकृत गरेपछि फेरि नयाँ नाम सिफारिस गर्नुपर्ने भएको छ ।

आज बस्ने परिषदको बैठकमा प्रधानमन्त्री ओलीले कायम मुकायम प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको नाम प्रस्ताव गर्ने तयारी छ । जोशीलाई अस्वीकृत गर्दा नै आपत्ति जनाएको कांग्रेसले उनकै नाम पठाउनुपर्ने तर्क गरिरहेको छ । बरिष्ठ न्यायाधीश जोशी अहिले विदामा छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

चैत १ गतेदेखि १५ वैशाखसम्म कान्तिराजपथ बन्द

 फाल्गुण २८, ललितपुर । ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा

म राजनीतिमा रहुन्जेल उथलपुथल भइरहन्छ:प्रचण्ड

फागुन २१, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली राजनीति पुनः नयाँ मोडमा आइपुगेको भन्नुहुँदै आफू

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

  ४३ जना जिल्ला न्यायाधीशका लागि  विज्ञापन

माघ २६,काठमाडौँ   । न्याय सेवा आयोगको परीक्षा महाशाखाले  ४३ जना जिल्ला न्यायाधीशका लागि  विज्ञापन  गरेको 

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित

माघ २५,काठमाडौँ  । सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)