पहिरोमा पुरिएर एक जनाको मृत्यु

अविरल वर्षाका कारण बाजुराको बूढीगङ्गा नगरपालिका–१ मल्ला कुँडीमा पहिरोमा परी एक महिलाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा सोही वडाका नन्दे परीकी ४५ वर्षीया कला परीको रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । शुक्रबार रातिको अविरल वर्षाले घरमाथिबाट पहिरो आएपछि घरसमेत बगाएको छ । सोही वडाका साउँदका पाँच परिवार पहिरोको जोखिममा रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिए ।  

यसैगरी सोही नगरपालिका–२ मुसीमा चन्द्र रावतको गाईगोरुको गोठ पहिरोले बगाएको छ । गाईगोरु गोेठ बगाउँदा दुई गाई, एक गोरु, १० बाख्रा, एक कुुकुर गरी १४ जनावरको मृत्यु भएको छ । 

त्यस्तै गरी उत्तरी भेगको जगन्नाथ गाउँपालिका–५ गोत्रीमा निमेन्द्र शाहीको तीन तले घर अविरल वर्षाले भत्काएको कोल्टी इलाका प्रहरी कार्यालय कोल्टीले जनाएको छ । 

त्रिवणी नगरपालिका र बूढीगङ्गा नगरपालिकाको बीचमा पर्ने बूढीगङ्गा नदी थुनी लागेको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ । नदी थुनिन लागेकाले सबैले सजग हुन प्रहरीले आग्रह गरेको छ । 

बूढीगङ्गा नगरपालिका १ र २ मा पहिरोमा परी मृत्यु भएकाको उद्धारका लागि टाटे प्रहरी चौकीबाट टोली खटिएको छ, भने जिल्ला प्रहरी कार्यालय बाजुराबाट प्रहरी निरीक्षकको टोली र समरजीत गुल्मबाट १५ जनाकोे टोली घटनास्थलमा उद्धारका लागि पठाइएको जिल्ला प्रशासन कार्यालय बाजुराले बताएको छ । रासस

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार: ९ स्थानीय तह र साझा यातायातबीच समझदारी

काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

सेना राजनीतिक विवादमा मुछिनु दुःखद् : ओली

  काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

पुनर्स्थापनामा केन्द्रित सरकार, ९३९ शव फेला

  काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट

भोटेकोशी बाढी: बेपत्ताको यकिन तथ्याङ्क आउन बाँकी, सञ्चार अवरुद्ध हुँदा उद्धार र पहिचानमा जटिलता

पीपुल नेपाल सम्बादाता भाद्र १४, काठमाडौँ । भोटेकोशीमा गत बुधबार बिहान आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन