विदुर नगरपालिका–९ लामाटारमा आज बिहान भएको बस दुर्घटनामा भएका घाइतेमध्ये एक जनाको मृत्यु भएको छ ।
म्यागङ गाउँपालिका– २ बुङ्ताङबाट काठमाडौंँका लागि छुटेको वा २ ख २८०४ नम्बरको बस दुर्घटना हुँदा घाइते भएकी विदुर–७ तुप्चेकी ५६ वर्षीया मोतीमाया तामाङको उपचारका क्रममा काठमाडौँमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए । हेलिकप्टरमा काठमाडौंँ लगिएकी तामाङको ग्राण्डी अस्पतालमा उपचारको क्रममा निधन भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा ५८ जना घाइते भएकामा आठ जनालाई उपचारका लागि काठमाडौंँ लगिएको छ । गम्भीर अवस्थाका साल्मेका ५६ वर्षीय प्रेमसिह तामाङ, ५७ वर्षीय होमबहादुर तामाङ, २० वर्षीया दिवामाया तामाङ, ७५ वर्षीय छिरिङ तामाङ, ५६ वर्षीय पूर्वबहादुर लामा तामाङ, वीरबहादुर विक, उत्तम तामाङ र ४० वर्षीया मङ्गलीमाया तामाङलाई थप उपचारका लागि काठमाडौंँ पठाइएको हो । उनीहरुको राजधानीका ग्रीनसिटी र ग्राण्डी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । अन्य घाइतेको त्रिशूली अस्पतालमा उपचार भइरहेको बताइएको छ । मिनीट्रकलाई बाटो दिने क्रममा सडकको डिल भासिएर दुर्घटना हुँदा बस ४० मिटर तल कोदोबारीमा पुगेको थियो । रासस
काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका
असोज, ३ काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी
काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार
काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले
काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट
पीपुल नेपाल सम्बादाता भाद्र १४, काठमाडौँ । भोटेकोशीमा गत बुधबार बिहान आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन