करण जोहरले बनाउने भए अहिलेसम्मकै ‘महंगो फिल्म’

बलिउड फिल्म निर्देशक तथा निर्माता करण जोहरले फिल्म ‘तख्त’ बनाउने घोषणा गरेका छन् । यस फिल्ममा २ वा ३ जना अभिनेता होइन कयौं अभिनेताहरुको अभिनय रहनेछ । फिल्ममा करिना कपूर खान, रणवीर सिंह, आलिया भट्ट, विक्की कौशल, भूमि पेडनेकर, जान्हवी कपूर र अनिल कपूरलगायतका कलाकारहरु रहनेछन् ।

करण जोहरले यस फिल्मको कहानीबारेको जानकारी र कलाकारहरुको नामसहितकोे ट्वीट गरेका छन् । ऐतिहासिक पृष्ठभूमिमा बन्न लागेको यस फिल्ममा भारतका मुगलहरुको कहानी हुनेछ । यस अघि अलाउद्दिन खिलजीको भूमिकामा देखिएका अभिनेता रणवीर सिंह यस फिल्ममा पनि नकारात्मक चरित्रमा देखिनेछन् । यस फिल्मको कहानीमा यूद्ध हुनेछ र योद्धाहरु पनि हुनेछन् ।

करण जोहरले ट्वीटमा भनेका छन् फिल्म ‘तख्त’मा प्रेमका लागि यूद्ध हुनेछ । फिल्म ‘धडक’ मार्फत डेब्यू गरेकी जान्हवी कपूर यस फिल्ममा अभिनेता विक्की कौशलकी श्रीमतीको भूमिकामा देखिनेछिन् । अभिनेत्री करीना कपूर खान र आलिया भट्ट रणवीर सिंहको जोडीको रुपमा अभिय गर्नेछन् । अभिनेता अनिल कपूर शाहजहाँको भूमिकामा देखिने बताइएको छ ।

यो फिल्म करण जोहरको धर्मा प्रोडक्शन्सको अहिले सम्मकै महंगो फिल्म हुनेछ । फिल्मको छायांकन भारतको राजस्थान र गुजरातका विभिन्न स्थानमा गरिनेछ । यो फिल्म सन् २०२० मा प्रदर्शन हुनेछ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बिजुलीमा ५ प्रतिशत भ्याट लगाउने निर्णयको विरोध, लाखौँ उपभोक्ता प्रभावित हुने चिन्ता

 जेठ १७, काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत

टिकटकको प्रतिबन्ध सबै इन्टरनेटमा खुल्यो

भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको