August 8, 2018

प्रहरी ईन्काउण्टर फेक की रियल ?

 

काठमाडौ । नेपाल प्रहरीले आत्मारक्षाका लागी गोली चलाउनु स्वभाविक हो । तरपनि अपराधी नै निर्मुल पार्ने बहानामा फेक ईन्काउण्टर गर्ने गर्दै जाने हो भने कानुनी राज्यको धज्जी मात्र उड्दैन । प्रहरीप्रति जनबिश्वास समेत घटदै जाने निश्चित छ । पछिल्ला घटनाक्रमहरुलाई हेर्दा रियल भन्दा पनि फेक ईन्काउण्टर फेसन जस्तै बनेको अनुमान गर्न कठिन छैन । राजधानीमा बिगत ५ बर्षयता भएका घटनाहरुलाई नियाल्दा प्रहरी ईन्काउण्टर फेसन जस्तै बनेको छ । महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखामा नयाँ प्रमुख आउनेबित्तिकै रियल या फेक जे भएपनि ईन्काउण्टर गर्ने प्रचलन जस्तै बनेको छ ।

घटना १ः पुष्कर कार्की महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखामा प्रमुख रहेका बेला २०७१ साउन २१ ग्ते गुण्डा नाईके दिनेश अधिकारी चरीको ईन्काउण्टर ।

घटना २. सर्बेन्द्र खनाल प्रमुख रहेका बेला २०७२ भाद्र ३ मा गुण्डा नाईके कुमार घैँटेको ईन्काउण्टर ।

घटना ३ ः दिनेश अमात्य प्रमुख रहेका बेला २०७४ साउन २३ गते प्रबिण खत्रीको ईन्काउण्टर ।

घटना ४ः दिबेश लोहनी प्रमुख रहेका बेला सुन तस्करीका नाईको चुडामणी उप्रेती गोरे को अपुरो ईन्काउण्टर

घटना ५ : धिरज प्रताप सिंह प्रमुख रहेका साउन बेला २०७५ साउन २१ मा बालक अपहरणको आरोपमा गोपाल र अजय तामाङको ईन्काउण्टर ।

यी पछिल्ला बर्षका केही तथ्यहरुले प्रहरी रियलमा भन्दा पनि पपुलारिटीका लागी ईनकाउण्टर गरिरहेको छ की भन्ने आशंका उब्जाएको छ । यी सबै ईन्काउण्टर लाई फर्किएर हेर्ने हो भने र मृतकका आफन्त र उनीहरुको छिमेकी देख्नेसुन्नेको भनाइृलाई आधार मान्ने हो भने उनीहरु सबैलाई फेक इृन्काउण्टर गरिएको छ । अर्थात उनीहरु जवाफी कारबाहीमा नभई उनीहरुलाई प्रक्राउ गरेर मारिएको छ अनि ईन्काउण्टर भनिएको छ । ठोस प्रमाण नभएसम्म उनीहरु ईन्काउण्टरमा मारिए भन्नु र पत्याउन बाहेक अर्को बिकल्प पनि छैन ।

पछिल्लो घटनाक्रमलाई हेर्ने हो भने पनि स्थानीय र देख्नेसुन्नेहरु गोपाल र अजय तामाङलाई कोठाबाटै नियन्त्रणमा लिएर फेक इृन्काउण्टर गरिएको आरोप लगाईरहहेका छन । अपराधीलाई संरक्षण गर्नुपर्छ भन्ने मेरो मान्यता हुँदै होईन,तरपनि यसरी पपुलारिटीका लागी फेक ईन्काउण्टरको योजना रच्दै जाने हो भने कानुनी राज्यको उपहास शिवाय केही होईन ।
आपराधिक मनोबृतिका मानिसहरु लाई संरक्षण गर्नु हुन्न तरपनि उनीहरुको बाँच्न पाउने अधिकारको हनन गरी नक्कली ईन्काउण्टर गर्नु पनि पक्कै राम्रो होईन ।

पछिल्लो घटनामा पनि यहि बिषय लागु भएको छ । यदि उनीहरुलाई नियन्त्रणमा लिन मात्र सकेको भए घटनाको बास्तबिकता सार्बजनिक हुने थियो । तर यो घटनामा प्रहीले आफै प्रमाण नष्ट गरेको छ ।

घटनामा संलग्न दुबैजनाको मृत्यु भएपछि यो घटना केही शंकास्पद समेत बनेको छ । उनीहरुको मृत्युपछि पिडितका आफन्तले क्षतिपुर्ति पाउने बाटो समेत बन्द गरिएको छ । प्रहरीले जवाफी कारबाही भनेपनि जनताले पत्याउने अबस्था छैन । यस्ता घटना आगामी दिनमा दोहोरिँदै जाने र फेक ईन्काउण्टर बढदै जाने हो भने नागरिकले सुरक्षाको सामान्य प्रत्याभुति गर्न पाउने अबसरबाट समेत बञ्चित हुने अबस्था सिर्जना हुन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सबै उद्योगमा विद्युत् आपूर्ति पुनः सुचारु

कात्तिक २७, काठमाडौं।डेडिकेटेड र ट्रङ्क लाइनमार्फत विद्युत् उपयोग गर्दै प्रिमियम महसुल नतिरेका कारण काटिएका सबै

नेपाल विद्युत प्राधिकरणद्धारा २४ वटा सौर्य आयोजनको पीपीए स्वीकृत

काठमाडौँ, असोज १२ ।नेपाल विद्युत प्राधिकरण (नेपा) ले २४ वटा सौर्य ऊर्जा आयोजनासँग विद्युत खरिद

माओवादी केन्द्र केन्द्रीय समितिको बैठक दोस्रो दिन पनि जारी; समूह नेताहरूले धारणा प्रस्तुत गर्दै

आश्विन १०, काठमाडौं – नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठकको दोस्रो दिन आज, शुक्रबार,

जलवायु परिवर्तन र अन्तर्राष्ट्रिय कानुनी प्रक्रिया: एक जटिल सम्बन्ध

अधिवक्ता: तारा निधि पन्त जलवायु परिवर्तनले आज विश्वका मानिसहरुलाई गहिरो रूपमा प्रभावित गर्दैछ। यो समस्या

ए आईले अमेरिकामा युवाको रोजगारी घटायो

साक्रामेन्टो (अमेरिका), भदौ ११ गते। कृत्रिम बुद्धिमत्ता (एआई)को प्रयोगले अमेरिकामा २२ देखि २५ वर्ष उमेर

विद्याको सम्पर्क कार्यालय आज उद्घाटन, पोखरेलको पनि सम्बोधन ओलीलाई प्रमुख अतिथि बनाउने तयारी बीचमा रोकियो

भदौ ५, काठमाडौं।पूर्वराष्ट्रपति तथा नेकपा (एमाले) की पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीले आज नयाँ सम्पर्क कार्यालय उद्घाटन