August 6, 2018

काठमाडौंमा चोरेरै करोडपति

 

 श्रावण २१ काठमाडौंमा चोरेरै करोडपति !

काठमाडौं । सिन्धुपाल्चोकका हेम दोर्जे लामा र रामेछापका दिपक भनिने तिर्थ थापामगर छुट्टाछुट्टै समयमा चोरी, लागुऔषध लगायतको कारोबार गरेको आरोपमा जेल परे । काठमाडौंको एक कारागारमा रहेका लामा र थापामगरको चिनाजान त्यहीँ भयो । चिनाजान मात्रै होइन उनीहरु निकै नजिकका साथी बने । केही समयको जेल सजायपछि उनीहरु छुटे । जेलमा उनीहरुले मौका मिले ‘केही काम गर्ने’ योजना बनाएको पाइएको छ ।

जेलबाट छुटेपछि दोर्जे कार किन्नका लागि काठमाडौंको एक ‘रिकन्डिसन’ सेन्टरमा पुगे । ‘रिकन्डिसन’ सेन्टरमा उनले मालिकलाई भेटे । मालिकलाई भेट्नेबित्तिकै दोर्जेको नजर ‘रिकन्डिसन’ सेन्टरका मालिकले लगाएको सुनको चेन, बालामा पर्यो । दोर्जेले त्यहीँबाट ‘रिकन्डिसन’ सेन्टरका मालिकको घरमा चोरी गर्ने योजना बनाए । त्यसपछि दोर्जेले ‘रिकन्डिसन’ सेन्टरका मालिकको पिछा गरे ।काठमाडौंबाट दोर्जे पिछा गर्दागर्दै धुलिखेलम्म पुगे । ‘रिकन्डिसन’ सेन्टरका मालिकको घर पत्ता लगाइसकेपछि उनले तीर्थलाई काम छ भन्दै बोलाए । तीर्थले चोरी गर्ने जिम्मा लिए । नभन्दै चोरी पनि गरे । तर उनीहरुले सोचेजस्तो रकम र धनमाल भने पाएनन् । महानगरीय अपराध महाशाखाले घटनाको अनुसन्धान गर्दै जाँदा उनीहरुसहित पाँच जना पक्राउ परे । 

महाशाखाका डीएसपी सन्तोस खड्काका अनुसार दोर्जे करोडपति चोर हुन् । उनी महंगो गाडीमा सवार हुन्छन् । खड्का भन्छन्, ‘‘चोरहरु पनि हाइ प्रोफाइल, स्मार्ट गेटअपसहित हिँड्न थालेका छन् । जसलाई हेर्दा कसैले पनि चोर भएको छनक पाउँदैनन् ।’’ 

यो प्रतिनिधिमूलक घटना मात्रै हो । महाशाखाका अनुसार उपत्यकामा यस्ता घटना अरु पनि छन् । पछिल्लो समय चोरले चोरी गर्ने शैली परिवर्तन गरेका छन् । डीएसपी खड्काका अनुसार अहिले उपत्यकामा लखपतिदेखि करोडपतिसम्मका चोर छन् । लामो समयदेखि चोरी, लुटपाट लगायतका घटनाको अनुसन्धानमा सक्रिय प्रहरी निरीक्षक भरत थापामगरका अनुसार उपत्यकामा नेपाल र भारतका गरि झण्डै पाँच सयको हाराहारीमा व्यावसायीक चोर रहेको प्रहरी आशंका छ ।

महाशाखाको तथ्याङ्कअनुसार गत आर्थिक वर्षदेखि अहिलेसम्म १ सय ८३ चोरीका घटना भएका छन् । चोरीका घटनामा संलग्न भएको आशंकामा १ सय १८ जना पक्राउ परेका छन् । जसमा १ जना महिला पनि छन् । 

 

दिउसो हुन्छ अधिकांश चोरी

महाशाखाका अनुसन्धान अधिकारीका अनुसार पछिल्लो समयमा रातको समयभन्दा दिउसो नै चोरी बढेको छ । दिउसोको समयमा स्कुल, कलेज, कार्यालयसँगै अधिकांश व्यक्ति काममा व्यस्त हुने भएकाले चोरी गर्ने समूहले त्यही मौका हेरिरहेका हुन्छन् ।

उपत्यकाका विभिन्न स्थानमा भएका चोरी आधा घण्टाभित्रकै समयमा हुने गरेको महाशाखाका डीएसपी खड्का बताउँछन् । उनका अनुसार व्यावसायीक चोरहरुले गहना र नगदमा बढी ध्यान दिन्छन् भने अन्यले राम्रा लुगा र अन्य सामानमा पनि ध्यान दिन्छन् । डीएसपी खड्का भन्छन्, ‘‘व्यस्तताका कारणले घर वा कोठाबाहिर जानुपर्ने अवस्था आएपनि घरको सुरक्षा बलियो पार्नुपर्छ । अहिले प्रविधिको बढ्दो टेक्नोलोजीको प्रयोग गरेर चोरी रोक्न सकिन्छ ।’’ 

प्रहरी निरीक्षक भरत थापामगरको बुझाईमा करोडौंको घर बनाउने मालिक आफ्नो घरको सुरक्षामा जिम्मेवार बनेको पाइँदैन । उनका अनुसार चोरहरुले दिउँसोको समयमा घरलाई केन्द्रमा राखेर चोरी गरेपनि रातको समयमा भने सहकारी, फाइनान्स कम्पनिलाई निसाना बनाउने गरेका छन् ।

भारतबाट आएर चोरी !

महाशाखाको अनुसन्धानले उपत्यकामा झण्डै २० जना महिला चोरीमा संलग्न रहेको पाइएको छ ।

उनीहरु पनि व्यावसायिक चोर नै हुन् । तर नेपालीभन्दा भारतीय महिलाको संग्लनता देखिएको छ । विभिन्न बहाना घरघरमा जाने ती महिलाहरुले ताल्चा तोड्ने सामग्री पनि सँगै बोकेर लैजाने गरेका छन् । कतिपय चोरीमा सडक बालबालिको प्रयोग गरेको पनि पाइएको छ । व्यावसायिक चोरसँगै केही पट्के चोर, पकेटमार पनि उपत्यकामा सक्रिय रहेको प्रहरी बताउँछ ।

यसैबीच पिठ्युमा बोरा बोकेर वा साइकलमा प्लाष्टिक, सिसा बोतल, पुराना कागज टिप्न वा किन्नेहरु पनि चोरीमा संग्लन भएको पाइएको प्रहरीले जनाएको छ । “घरमा कोही भए सामान किन्ने बताउने नभए ताल्चा नै तोडेर चोरी गरेको पाइएको छ,’’ महाशाखाका डीएपी खड्काले भने । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार: ९ स्थानीय तह र साझा यातायातबीच समझदारी

काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

सेना राजनीतिक विवादमा मुछिनु दुःखद् : ओली

  काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

पुनर्स्थापनामा केन्द्रित सरकार, ९३९ शव फेला

  काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट

भोटेकोशी बाढी: बेपत्ताको यकिन तथ्याङ्क आउन बाँकी, सञ्चार अवरुद्ध हुँदा उद्धार र पहिचानमा जटिलता

पीपुल नेपाल सम्बादाता भाद्र १४, काठमाडौँ । भोटेकोशीमा गत बुधबार बिहान आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन