शेयर बजारमा बिहीबार पनि सामान्य गिरावट भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार शेयर बजार मापक नेप्से परिसूचक ३.१५ बिन्दुले घटेर एक हजार १९१.२० बिन्दुमा पुगेको छ । यस्तै क वर्गका कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ०.७५ बिन्दुले घटेर २५०.९६ बिन्दुमा पुगेको छ ।
कूल १६३ कम्पनीको सात लाख ९२ हजार ५५ कित्ता शेयर रु १९ करोड ३० लाख २८ हजार १२४ मूल्यमा खरिद बिक्री भएको छ ।
स्टकका अनुसार आज होटल उपसमूहबाहेक अरु सबै उपमूहको शेयर घटेको छ । बैंकिङ १.४४, विकास बैंक १.९८, जलविद्युत् १४.७९, फाइनान्स २.६८, निर्जीवन बीमा २७.१७, उत्पादन स्थिर, अन्य ०.५६, माइक्रोफाइनान्स १५.१६ र बीमा ४९.०८ बिन्दुले घटेको छ । होटल समूह भने ४४.५५ बिन्दुले बढेको छ । रासस
वाशिङ्टन डिसी (अमेरिका), असोज ३० गते । विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा रहनुभएका अर्थमन्त्री
काठमाडौँ, असोज १२ ।नेपाल विद्युत प्राधिकरण (नेपा) ले २४ वटा सौर्य ऊर्जा आयोजनासँग विद्युत खरिद
काठमाडौं, असोज १० (शुक्रबार)। अर्थ मन्त्रालयमा आज स्थानीय दातृ निकाय र अन्तर्राष्ट्रिय साझेदार निकायका प्रमुखहरूसँग
काठमाडौँ, भदौ ३ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी तथा उद्यम गर्न कुनै अवरोध
काठमाडौँ, असार २७ — नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि लचिलो र
काठमाडौँ, जेठ २७ – उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले ल्याएको बजेट आर्थिक सुधारको