
सुर्खेत । बिसौँ दिनदेखि जुम्लामा अनशनरत वरिष्ठ चिकित्सक डा गोविन्द केसी काठमाडौँ जान तयार भएका छन् ।
डा केसीले आजै जुम्लामा पत्रकार सम्मेलन गरी आफ्ना समर्थकहरु कुटिएको र प्रतिष्ठानमा ठूलो क्षति पुगेको कारण देखाउँदै काठमाडौँ जाने निर्णय सार्वजनिक गरेका छन् । काठमाडौँ भने सरकारको हेलिकोप्टरमार्फत नजाने र त्यहाँ पुगे पनि सत्याग्रह जारी राख्ने उनले जनाए ।
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसहित आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव एवं सरकारी वार्ता टोलीका संयोजक खगराज बराल नेतृत्वको टोली डा केसीको स्वास्थ्य स्थिति बुझ्न आज बिहान ११ बजे जुम्ला पुगेको थियो । जुम्ला पुगेको संघीय सरकारको वार्ता टोली र कर्णाली प्रदेश सरकारलाई आन्दोलनकारीहरुले असहज अवस्था सृजना गर्दा वार्ता हुन सकेन ।
डा केसीका समर्थक र प्रतिष्ठानमा अध्ययनरत विद्यार्थीहरुले मुख्यमन्त्रीसहित सरकारी वार्ता टोलीलाई अवरोध गरी तोडफोड शुरु गरेपछि केही समय जुम्लाको स्थिति असामान्य बन्यो । स्थितिलाई नियन्त्रणमा ल्याउन प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो । तोडफोडका क्रममा एकजना प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । रासस
पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,
भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति
चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत
काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद