सातै प्रदेशमा सुविधासम्पन्न जेष्ठ नागरिक आश्रम बनाइने

सरकारले सबै प्रदेशमा सुविधासम्पन्न जेष्ठ नागरिक आश्रम बनाउने भएको छ । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले सरकारले आगामी आर्थिक वर्षभित्र सबै प्रदेशमा सुविधासम्पन्न जेष्ठ नागरिक आश्रम बनाउने विशेष योजना बनाएको जानकारी गराएकी हुन् । 

उनले असहाय र अशक्त जेष्ठ नागरिकहरुलाई संरक्षण गर्न सरकारले आगामी आर्थिक वर्षको बजेटमा सबै प्रदेशमा सुविधा सम्पन्न जेष्ठ नागरिक आश्रम बनाउने व्यवस्था गरेको बताइन् । राष्ट्रियसभाको सोमबारको बैठकमा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको बिनियोजित बजेटमाथि सांसदहरुले उठाएका प्र्र्रश्नको जवाफ दिँदै मन्त्री थापाले हाल जेष्ठ नागरिकहरुका लागि देशका विभिन्न भागमा ८७ वटा दिवा सेवा केन्द्र संचालनमा रहेको पनि जानकारी दिइन् । उनले जेष्ठ नागरिकहरुलाई स्वास्थ्य विमाको व्यवस्था गर्न पनि सरकारले बजेट विनियोजन गरेको बताइन् । 

मन्त्री थापाले महिला हिंसाविरुद्ध कडा कदम चाल्ने चेतावनी पनि दिइन् । उनले महिला हिंसालाई न्यूनिकरण गर्न सरकारले राष्ट्रपति महिला उत्थान कार्यक्रमलाई प्रभावकारी ढंगले अघि बढाउने योजना बनाएको पनि स्पष्ट पारिन् । उनले महिला हिंसालाई अन्त्य गर्न सबै स्थानीय तहमा महिला डेस्क स्थापना गर्ने आश्वासन पनि दिइन् । मन्त्री थापाले सबै स्थानीय तहमा अपांगता मैत्री पुनस्र्थापना केन्द्र स्थापना गर्ने योजना रहेको बताइन् । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार: ९ स्थानीय तह र साझा यातायातबीच समझदारी

काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

सेना राजनीतिक विवादमा मुछिनु दुःखद् : ओली

  काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

पुनर्स्थापनामा केन्द्रित सरकार, ९३९ शव फेला

  काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट

भोटेकोशी बाढी: बेपत्ताको यकिन तथ्याङ्क आउन बाँकी, सञ्चार अवरुद्ध हुँदा उद्धार र पहिचानमा जटिलता

पीपुल नेपाल सम्बादाता भाद्र १४, काठमाडौँ । भोटेकोशीमा गत बुधबार बिहान आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन