म्याड्रिड (एजेन्सी) – रियल म्याड्रिडका सुपरस्टार क्रिस्टियानो रोनाल्डो युभेन्टस जाने तयारीमा रहेका छन् । १ सय मिलियन युरोमा युभेन्टसले उनलाई खरिद गर्ने र उनले त्यहां वार्षिक ३० मिलियन युरो कमाउने बताइएको छ ।
रोनाल्डोले रियल छोड्ने समाचार आएदेखि म्यानचेस्टर युनाइटेड पनि एक पटक उनलाई भित्राउने प्रयास गर्ने जनाइएको छ । त्यसै माझ उनलाई नाम नखुलेको चिनियां क्लबबाट १ सय ७७ मिलियन पाउन्डको प्रस्ताव पनि आएको छ जुन उनले अस्विकार गरेका छन् ।
यसले उनी इटाली नै जाने तयारीमा रहेको थप संकेत दिन्छ । त्यहां उनलाई अग्रपंक्तिमा गोन्जालो हिग्वाइन र पाउलो डिबालाले साथ दिनेछन् । रोनाल्डोको सम्झौता आधिकारिक नभए पनि उनको ७ नम्बरको युभेन्टस जर्सी बिक्रि हुन सुरु गरिसकेको छ ।
रोनाल्डो युभेन्टस आए युभेन्टस यस पालिको च्याम्पियन्स लिगको बलियो दाबेदार हुने बुझिएको छ । यस पटक युभेन्टस सेमिफाइनलमा रियलसंगै हारेको थियो । विश्वकप अन्तिम १६ मा उरुग्वेसंग पराजित हुंदै घर फर्केका रोनाल्डो अहिले विश्राम गर्दै बिदा मनाइरहेका छन् ।
पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,
भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति
चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत
काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद