म्याड्रिड (एजेन्सी) – रियल म्याड्रिडका सुपरस्टार क्रिस्टियानो रोनाल्डो युभेन्टस जाने तयारीमा रहेका छन् । १ सय मिलियन युरोमा युभेन्टसले उनलाई खरिद गर्ने र उनले त्यहां वार्षिक ३० मिलियन युरो कमाउने बताइएको छ ।
रोनाल्डोले रियल छोड्ने समाचार आएदेखि म्यानचेस्टर युनाइटेड पनि एक पटक उनलाई भित्राउने प्रयास गर्ने जनाइएको छ । त्यसै माझ उनलाई नाम नखुलेको चिनियां क्लबबाट १ सय ७७ मिलियन पाउन्डको प्रस्ताव पनि आएको छ जुन उनले अस्विकार गरेका छन् ।
यसले उनी इटाली नै जाने तयारीमा रहेको थप संकेत दिन्छ । त्यहां उनलाई अग्रपंक्तिमा गोन्जालो हिग्वाइन र पाउलो डिबालाले साथ दिनेछन् । रोनाल्डोको सम्झौता आधिकारिक नभए पनि उनको ७ नम्बरको युभेन्टस जर्सी बिक्रि हुन सुरु गरिसकेको छ ।
रोनाल्डो युभेन्टस आए युभेन्टस यस पालिको च्याम्पियन्स लिगको बलियो दाबेदार हुने बुझिएको छ । यस पटक युभेन्टस सेमिफाइनलमा रियलसंगै हारेको थियो । विश्वकप अन्तिम १६ मा उरुग्वेसंग पराजित हुंदै घर फर्केका रोनाल्डो अहिले विश्राम गर्दै बिदा मनाइरहेका छन् ।
मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी
मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री
१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।
काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार
काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि
२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि