एजेन्सी । रियल मड्रिडका फरवार्ड क्रिष्टियानो रोनाल्डोले इटालियन फुटबल क्लब युभेन्टसमा जाने संकेत गरेका छन् । ३३ वर्षीय रोनाल्डोका लागि युभेन्टसले गरेको वार्षिक ३० मिलियन युरोको प्रस्ताव उनले स्वीकार गरेका हुन् ।रोनाल्डोले स्वीकार गरेको खबरमा स्पेनिस क्लब रियल मड्रिड पनि सकारात्मक रहेको डेलिमेलले उल्लेख गरेको छ ।
गत मे मा भएको च्याम्पियन्स लिग रियल मड्रिडले जितेको थियो । उक्त खेल भएको केही दिनमा रियलका पूर्व प्रशिक्षक जिनेदिने जिदान बाहिएका थिए । जिदानसँग रोनाल्डोको राम्रो सम्बन्ध रहेको थियो ।
पोर्चुगाली फरवार्ड रोनाल्डो रियलबाट सर्वाधिक गोलकर्ता हुन् । उनले रियलबाट ४५१ गोल गरिसकेका छन् । त्यस्तै, रोनाल्डोले रियल मड्रिडलाई पाँचौं च्याम्पियन्स लिगको ट्रफि जिताएका छन् । रोनाल्डोले रियल छाड्ने चर्चा चले पनि आजमात्रै बोलेका हुन् ।
मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी
मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री
१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।
काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार
काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि
२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि