July 4, 2018

भिएलएनका सञ्चालकलाई छाड्ने आदेश छानविनमा

 

काठमाडाैँ, असार २० ।भिएलएनका सञ्चालक रामकुमार श्रेष्ठलाई सामान्य धरौटीमा छाड्न दिइएको आदेशको छानविन हुने भएको छ । मलेसिया जाने कामदारको भिसा प्रक्रियाको काम गर्न खडा गरेर ठगीरहेको अभियोगमा पक्राउ परेका श्रेष्ठलाई सामान्य धरौटीमा छाड्न दिएको आदेशको न्यायापरिषदले छानविन गर्ने भएको हो ।

न्यायपरिषदको दुई सदस्यीय छानविन समितिले काठमाडौँ जिल्ला अदालतका जिल्ला न्यायधीश अम्बर बहादुर बस्नेतको आदेश छानविन गर्ने भएको हो । न्यायपरिषद्को छानविन समितिमा रामप्रसाद सिटौला र पदम प्रसाद वैदिक रहेका छन् । सदस्य सिटौलाले न्यायपरिषदले उजुरी आएका जुनसुकै आदेश पनि छानविन हुने बताए ।

जेठ ३० गते १० लाख धरौटीमा छाड्ने आदेश काठमाडौँबाट भएपछि जिल्ला अदालत ललितपुरमा फेरि मुद्दा चलेको थियो । ललितपुर जिल्ला अदालतले श्रेष्ठलाई १२ लाख रुपैयाँ धरौटी लिएर छाडेको छ ।झण्डै ३ करोड बिगो दावी गरिएका श्रेष्ठ धरौटी बुुझाएर छुटेका हुन् ।

भिएलएनले सन् २०१३ नोभेम्बर १ देखि मलेसिया जाने नेपालीको भिसा प्रक्रियाको काम गर्दै आएको छ । भिएलएनले मलेसिया जाने नेपालीको पासपोर्ट दूतावास पुर्याउने र वान स्टप सेन्टर मार्फत संकलन गर्ने नाममा रकम उठाउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार: ९ स्थानीय तह र साझा यातायातबीच समझदारी

काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

सेना राजनीतिक विवादमा मुछिनु दुःखद् : ओली

  काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

पुनर्स्थापनामा केन्द्रित सरकार, ९३९ शव फेला

  काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट

भोटेकोशी बाढी: बेपत्ताको यकिन तथ्याङ्क आउन बाँकी, सञ्चार अवरुद्ध हुँदा उद्धार र पहिचानमा जटिलता

पीपुल नेपाल सम्बादाता भाद्र १४, काठमाडौँ । भोटेकोशीमा गत बुधबार बिहान आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन