July 4, 2018

भिएलएनका सञ्चालकलाई छाड्ने आदेश छानविनमा

 

काठमाडाैँ, असार २० ।भिएलएनका सञ्चालक रामकुमार श्रेष्ठलाई सामान्य धरौटीमा छाड्न दिइएको आदेशको छानविन हुने भएको छ । मलेसिया जाने कामदारको भिसा प्रक्रियाको काम गर्न खडा गरेर ठगीरहेको अभियोगमा पक्राउ परेका श्रेष्ठलाई सामान्य धरौटीमा छाड्न दिएको आदेशको न्यायापरिषदले छानविन गर्ने भएको हो ।

न्यायपरिषदको दुई सदस्यीय छानविन समितिले काठमाडौँ जिल्ला अदालतका जिल्ला न्यायधीश अम्बर बहादुर बस्नेतको आदेश छानविन गर्ने भएको हो । न्यायपरिषद्को छानविन समितिमा रामप्रसाद सिटौला र पदम प्रसाद वैदिक रहेका छन् । सदस्य सिटौलाले न्यायपरिषदले उजुरी आएका जुनसुकै आदेश पनि छानविन हुने बताए ।

जेठ ३० गते १० लाख धरौटीमा छाड्ने आदेश काठमाडौँबाट भएपछि जिल्ला अदालत ललितपुरमा फेरि मुद्दा चलेको थियो । ललितपुर जिल्ला अदालतले श्रेष्ठलाई १२ लाख रुपैयाँ धरौटी लिएर छाडेको छ ।झण्डै ३ करोड बिगो दावी गरिएका श्रेष्ठ धरौटी बुुझाएर छुटेका हुन् ।

भिएलएनले सन् २०१३ नोभेम्बर १ देखि मलेसिया जाने नेपालीको भिसा प्रक्रियाको काम गर्दै आएको छ । भिएलएनले मलेसिया जाने नेपालीको पासपोर्ट दूतावास पुर्याउने र वान स्टप सेन्टर मार्फत संकलन गर्ने नाममा रकम उठाउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

चैत १ गतेदेखि १५ वैशाखसम्म कान्तिराजपथ बन्द

 फाल्गुण २८, ललितपुर । ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा

म राजनीतिमा रहुन्जेल उथलपुथल भइरहन्छ:प्रचण्ड

फागुन २१, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली राजनीति पुनः नयाँ मोडमा आइपुगेको भन्नुहुँदै आफू

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

  ४३ जना जिल्ला न्यायाधीशका लागि  विज्ञापन

माघ २६,काठमाडौँ   । न्याय सेवा आयोगको परीक्षा महाशाखाले  ४३ जना जिल्ला न्यायाधीशका लागि  विज्ञापन  गरेको 

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित

माघ २५,काठमाडौँ  । सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)