नोभेम्बर १० मा रणवीर र दीपिकाको बिहे इटालीमा हुने पक्का

 बलिउड अभिनेता रणवीर सिंह र दीपिका पादुकोणको बिहे इटालीमा हुने पक्का भएको छ । भारतिय संचार माध्यमका अनुसार झण्डै ५ वर्षदेखि एकअर्कालाई डेट गरिरहेका यो जोडीको विवाह नोभेम्बर १० मा इटालीमा हुने पक्का भएको भारतिय संचार माध्यमले जनाएका छन् ।

deepika-ranveer-

दीपिका रणवीरको घरपरिवारले यतिबेला विवाहको लागि किनमेल सुरु गरिसकेका छन् । इटालीमा हुने डेस्टिनेशन विवाहमा दुवैको परिवार तथा बलिउडका केही नजिकका साथीहरु मात्रै सहभागी हुनेछन् । यसअघि विराट र अनुष्काले पनि इटालीमा बिहे गरेका थिए ।

विवाह समारोहमा बलिउडबाट दीपिकाको तर्फबाट शाहरुख खान तथा रणवीरको तर्फबाट अभिनेता अर्जुन कपूर सहभागी हुन सक्ने बताइएको छ ।एजेन्सी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बिजुलीमा ५ प्रतिशत भ्याट लगाउने निर्णयको विरोध, लाखौँ उपभोक्ता प्रभावित हुने चिन्ता

 जेठ १७, काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत

टिकटकको प्रतिबन्ध सबै इन्टरनेटमा खुल्यो

भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको