। महानगरीय प्रहरी परिसर काठमाडौँले हाल भइरहेको विश्वकप फुटबलमा सट्टेबाजी खेलाउने तीनजनालाई पक्राउ गरेको छ ।
परिसरको टोलीले कामनपा–१५ बज्र होटल नजिक बसेर सट्टेबाजी खेलाउँदै गरेका काठमाडौँ म्हैपीका २२ वर्षीय प्रकट महर्जन, रामघाट बस्ने २२ वर्षीय रेजिन महर्जन र चागल बस्ने २५ वर्षीय सुजेन शाहीलाई रु छ लाख ९९ हजार नगदसहित सोमबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
परिसरका प्रवक्ता मोहनकुमार थापाले उनीहरुले विश्वकप फुटबलमा रकम बाजी राख्न लगाई खेल खेलाउँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको जानकारी दिए ।
प्रहरीले उनीहरुसँग रु छ लाख ९९ हजार नगद र चार थान मोबाइल बरामद गरेको छ । पक्राउ परेका तीनैजनासँग आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता थापाले बताए । रासस
वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी
फाल्गुण २८, ललितपुर । ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा
फागुन २१, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली राजनीति पुनः नयाँ मोडमा आइपुगेको भन्नुहुँदै आफू
ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका
माघ २६,काठमाडौँ । न्याय सेवा आयोगको परीक्षा महाशाखाले ४३ जना जिल्ला न्यायाधीशका लागि विज्ञापन गरेको