अविरल वर्षाका कारण घर भत्किँदा ४ जनाको मृत्यु

आइतवार रातिदेखि परेको अविरल वर्षाका कारण ४ जनाको मृत्यु भएको छ । 

रोल्पाको रुन्टीगढी गाउँपालिका–५ सैवाङ गाउँमा घर भत्किँदा ३ जनाको मृत्यु भएको छ भने कैलालीको गोदावरी नगरपालिका–९ धनचौरीमा १ जनाको मृत्यु भएको छ ।

रुन्टीगढी गाउँपालिका–५ सैवाङ गाउँमा सोमबार बिहान घर भत्किँदा २२ वर्षीया कमला विक, उनकी १८ दिनकी छोरी आयुषा विक र १५ वर्षीया चित्रा विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रमुख ज्ञानेन्द्र फुँयालले बताए ।

कैलालीको गोदावरी नगरपालिका–९ धनचौरीमा घर भत्किँदा दुठा रानाको मृत्यु भएको हो । घरले च्यापिएर मृतकका श्रीमान कडेरा राना घाइते भएका छन् । अविरल वर्षाले डुवान, बाढी र पहिरोको खतरा बढेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जिफन्टको ‘रिपोर्ट’ : २१ प्रतिशत उद्योग प्रतिष्ठानले न्यूनतम पारिश्रमिक दिँदैनन्

 वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

चैत १ गतेदेखि १५ वैशाखसम्म कान्तिराजपथ बन्द

 फाल्गुण २८, ललितपुर । ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा

म राजनीतिमा रहुन्जेल उथलपुथल भइरहन्छ:प्रचण्ड

फागुन २१, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली राजनीति पुनः नयाँ मोडमा आइपुगेको भन्नुहुँदै आफू

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

  ४३ जना जिल्ला न्यायाधीशका लागि  विज्ञापन

माघ २६,काठमाडौँ   । न्याय सेवा आयोगको परीक्षा महाशाखाले  ४३ जना जिल्ला न्यायाधीशका लागि  विज्ञापन  गरेको