पूर्वको सप्तकोशी नदी आसपासको क्षेत्रमा भिषण बर्षात् भएको छ । वर्षात पछि पानीको बहाव अत्यधिक बढ्दा सर्तक रहन चेतावनी दिइएको छ ।
जल तथा मौसम पूर्वानुमान विभागका अनुसार सप्तकोशीको चतरास्थित बर्षा मापन केन्द्रमा बितेको २४ घण्टामा १४६ मिलिमिटर बर्षात् भएको छ । त्यस्तै १२ घण्टाभित्रमा ९१ मिलिमिटर बर्षात् भएको छ ।
सप्तकोशी नदीकोे पहाडी क्षेत्र तथा सप्तकोशीका सहायक नदी रहेका पहाडी तथा हिमाली क्षेत्रमा पनि भिषण बर्षात् भइरहेकाले विभागले सतर्क रहन आग्रह गरेको छ ।
‘सप्तकोशीको चतरास्थित बर्षा मापन केन्द्रमा गएको २४ घण्टामा १४६ मिलिमिटर, १२ घण्टामा ९१ मिलिमिटर बर्षा भएको छ र अहिले पनि बर्षा हुने क्रम जारी रहेकाले आसपासमा सतर्क रहन अुनरोध छ ,’ विभागले भनेको छ ।
विभागका अनुसार आज र भोली देशको अधिकांश पहाडी क्षेत्रमा वर्षा हुने देखिएकोले चुरे लगायतका पहाडी क्षेत्रका स–साना खोलानालामा पनि बाढी आउने भएकाले सतर्क रहन पहिरो ग्रस्त क्षेत्रका मानिसहरुलाई सचेत रहन आग्रह समेत गरेको छ ।
काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार
-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज
काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले
काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट
पीपुल नेपाल सम्बादाता भाद्र १४, काठमाडौँ । भोटेकोशीमा गत बुधबार बिहान आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी