निषेधित क्षेत्र तोडेको आरोपमा विवेकशील साझाका संयोजक पक्राउ

 चिकित्सा शिक्षामा सबैको पहुँचको माग गर्दै प्रदर्शनमा उत्रिएका नागरिक समाजका अगुवा तथा राजनीतिकर्मी पक्राउ परेका छन् । शनिबार काठमाडौंको माइतीघर मण्डलाबाट उनीहरुलाई निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले पक्राउ गरेको हो ।

57345727936343689_1946295078724263_244161537793589248_n

पक्राउ पर्नेमा विवेकशील साझाका संयोजक उज्वल थापा, अधिबक्ता डा. सुरेन्द्र भण्डारी, शसीविक्रम कार्की लगायतका १० जना पक्राउ परेका विवेकशील साझाका संयोजक रवीन्द्र मिश्रले जानकारी दिए । 

विरोध प्रदर्शन कार्यक्रममा संयोजक मिश्रले राज्यको ढुकुटीमा पहुँच भएकाहरुमा मात्रै नेपालको स्वास्थ्य र शिक्षा रहेको बताए । “प्रधानमन्त्री, मन्त्री तथा राजनीतिक दलका नेताहरु सामान्य विरामी हुँदा पनि राज्यको ढुकुटीबाट उपचार गर्न विदेश जाने तर हुम्ला र जुम्लाका जनताले पैसा तिरेर पनि उपचार गर्न पाइरहेका छैनन्,” संयोजक मिश्रले भने ।  

अधिवक्ता ओम प्रकाश अर्यालले निषेधित क्षेत्र तोकेर गृह मन्त्रालयले गैरकानुनी काम गरको जिकिर गरे । उनले गोविन्द केसीको अभियान रोक्नकै लागि सरकारले माइतीघर मण्डलालाई निषेधित क्षेत्र तोकेको बताए । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

१३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने

काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि