June 26, 2018

एम्बुलेन्सका चालक मापसे कारबाहीमा

 

असार १२, काठमाडौं – व्यस्त चोक कोटेश्वरमा ट्राफिक प्रहरीको मापसे चेकिङ चल्दै थियो । अनियन्त्रित तबरले बा १६ च १५७४ नम्बरको एम्बुलेन्स हुइकिँदै कोटेश्वरतर्फ आएको देखियो । शंका लागेपछि ट्राफिक प्रहरीले एम्बुलेन्स रोक्न खोजे ।

तर, एम्बुलेन्स साइरन बजाउँदै अघि बढ्न खोज्यो । प्रहरीले ट्रयाप थाप्यो । अन्ततः एम्बुलेन्स रोकियो । चालक छेउमा प्रहरी पुग्दा टाढैबाट मापसेको गन्ध आयो । एम्बुलेन्सका चालक हितमान थामी रहेछन् । 

प्रहरीले चालकलाई एम्बुलेन्सबाट ओरालेर जाँच ग(यो । मापसे गरेको पुष्टि भएपछि उनलाई नियन्त्रणमा लिइयो । पछि उनलाई सार्वजनिक अपराध मुद्दामा कारबाही गरियो ।

केही महिनाअघि महाराजगन्जमा पनि ना २ च ३६८३ नम्बरको एम्बुलेन्सका चालक यज्ञबहादुर गुभाजू मापसे कारबाहीमा समातिए । आजको नयाँ पत्रिकामा समाचार छापिएको 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महान्यायाधिवक्ताको व्याख्याले इन्टरनेटमा थप कर लगाउने तर्क खारेज

 चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

रास्वपालाई एमालेको चेतावनी : ‘हाम्रो धैर्यतालाई कमजोरी नठान्नू’

फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर