पानामा इंग्ल्यान्डसँग ६–१ गोलले पराजित, नकआउटमा इंग्ल्यान्ड र बेल्जियम

img_1529848907_liveblog-imageएजेन्सी । रसियामा जारी विश्वकप फुटबलअन्तर्गत समूह ‘जी’ को खेलमा इंग्ल्यान्डविरुद्ध पानामा ६–१ गोलअन्तरले पराजित भएको छ । इंग्ल्यान्डको जितमा कप्तान ह्यारी केनले ह्याट्रिक गोल गरे ।

जोहन स्टोनेसले खेलको आठौं मिनेटमा नै गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाएका थिए । खेलको २२औं मिनेटमा इंग्ल्यान्डका खेलाडीलाई पानामाका खेलाडीले आफ्नो डीबक्सभित्र फल गरेपछि पेनाल्टी पाएको थियो । पेनाल्टीमा इंग्ल्यान्डका कप्तान ह्यारी केनले गोल गर्दै २–० गोलको अग्रता दिलाएका थिए ।

खेलको ३६औं मिनेटमा जेसी लिंगार्डले गोल गर्दै ३–० गोलको अग्रता दिलाएका थिए । उनले डी बक्स बाहिरबाट उत्कृष्ट सर्ट प्रहार गर्दै गोल गरे । त्यस्तै, खेलको ४० औं मिनेटमा जोहन स्टोनेसले गोल गर्दै ४–० गोलको अग्रता दिलाएका थिए । पहिलो हाफको अतिरिक्त समयमा पानामाका खेलाडीले आफ्नो डी बक्सभित्र फल गरेपछि इंग्ल्यान्डले फेरि पेनाल्टी पाएको थियो । पेनाल्टीबाट केनले गोल गर्दै पहिलो हाफसम्म ५–० गोलको अग्रता दिलाएका थिए । 

इंग्ल्यान्डको फराकिलो जितमा कप्तान ह्यारी केनले ह्याट्रिक गोल गरे । दोस्रो हाफको ६२औं मिनेटमा केनले ह्याट्रिक पुरा गर्दै इंग्ल्यान्डलाई ६–० गोलको अग्रता दिलाएका थिए । विश्वकपमा ह्याट्रिक गोल गर्ने इंग्लिस खेलाडीमा उनी तेस्रो बने ।

पानामाले खेलको ७८औं मिनेटमा गोल गर्दै खेल ६–१ गोलको स्थितिमा पु¥याएको थियो । पानामाको लागि फिलिपे बलोयले गोल गर्न सफल भए । तर फराकिलो अन्तरले अग्रता बनाएको इंग्ल्यान्डलाई रोक्न भने सकेन ।

समूह जी बाट बेल्जियम र इंग्ल्यान्ड समान १–१ खेल खेल्नु अघि नै विश्वकपको नकआउट चरणमा पुगेका छन् । दुबै टिमले समान २–२ खेलमा जित हात पार्दै ६ अंक बनाएका हुन् । यो समूहबाट पानामा र ट्युनिसिया भने विश्वकपबाट बाहिरिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

१३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने

काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि