पानामा इंग्ल्यान्डसँग ६–१ गोलले पराजित, नकआउटमा इंग्ल्यान्ड र बेल्जियम

img_1529848907_liveblog-imageएजेन्सी । रसियामा जारी विश्वकप फुटबलअन्तर्गत समूह ‘जी’ को खेलमा इंग्ल्यान्डविरुद्ध पानामा ६–१ गोलअन्तरले पराजित भएको छ । इंग्ल्यान्डको जितमा कप्तान ह्यारी केनले ह्याट्रिक गोल गरे ।

जोहन स्टोनेसले खेलको आठौं मिनेटमा नै गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाएका थिए । खेलको २२औं मिनेटमा इंग्ल्यान्डका खेलाडीलाई पानामाका खेलाडीले आफ्नो डीबक्सभित्र फल गरेपछि पेनाल्टी पाएको थियो । पेनाल्टीमा इंग्ल्यान्डका कप्तान ह्यारी केनले गोल गर्दै २–० गोलको अग्रता दिलाएका थिए ।

खेलको ३६औं मिनेटमा जेसी लिंगार्डले गोल गर्दै ३–० गोलको अग्रता दिलाएका थिए । उनले डी बक्स बाहिरबाट उत्कृष्ट सर्ट प्रहार गर्दै गोल गरे । त्यस्तै, खेलको ४० औं मिनेटमा जोहन स्टोनेसले गोल गर्दै ४–० गोलको अग्रता दिलाएका थिए । पहिलो हाफको अतिरिक्त समयमा पानामाका खेलाडीले आफ्नो डी बक्सभित्र फल गरेपछि इंग्ल्यान्डले फेरि पेनाल्टी पाएको थियो । पेनाल्टीबाट केनले गोल गर्दै पहिलो हाफसम्म ५–० गोलको अग्रता दिलाएका थिए । 

इंग्ल्यान्डको फराकिलो जितमा कप्तान ह्यारी केनले ह्याट्रिक गोल गरे । दोस्रो हाफको ६२औं मिनेटमा केनले ह्याट्रिक पुरा गर्दै इंग्ल्यान्डलाई ६–० गोलको अग्रता दिलाएका थिए । विश्वकपमा ह्याट्रिक गोल गर्ने इंग्लिस खेलाडीमा उनी तेस्रो बने ।

पानामाले खेलको ७८औं मिनेटमा गोल गर्दै खेल ६–१ गोलको स्थितिमा पु¥याएको थियो । पानामाको लागि फिलिपे बलोयले गोल गर्न सफल भए । तर फराकिलो अन्तरले अग्रता बनाएको इंग्ल्यान्डलाई रोक्न भने सकेन ।

समूह जी बाट बेल्जियम र इंग्ल्यान्ड समान १–१ खेल खेल्नु अघि नै विश्वकपको नकआउट चरणमा पुगेका छन् । दुबै टिमले समान २–२ खेलमा जित हात पार्दै ६ अंक बनाएका हुन् । यो समूहबाट पानामा र ट्युनिसिया भने विश्वकपबाट बाहिरिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी, सरकारी कार्यालयमै गुनासो

पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,

न्यायाधीश नियुक्ति क्षमता र पारदर्शिताका आधारमा हुनुपर्छ : सपना प्रधान मल्ल

भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद