June 17, 2018

कहाँ-कहाँ भायो हिलाम्ये बर्षा ? दोहोरिन सक्ने अनुमान

 

काठमाडौं / शुक्रबार साँझपछिको बर्षा अन्य दिनको भन्दा फरक रह्यो, घर आगन र आसपासको बोट बिरुवा हिलाम्मे भएका छन् भने, अन्य सामाग्रीमा समेत हिलो, धुलो र मैलो लागेको छ । बर्षाले वायुमण्डलमा रहेको प्रदूषण र धूँवा धूँलो झारेपछि यस्तो असर देखिएको मौसमविदहरु बताउँछन् । भारतको राजस्थान आसपासको मरुभूमिमा केही दिनदेखि चलेको हुरीले नेपालको वायुमण्डलमा भित्र्याएको धूलोका कणलाई बर्षाले पखाल्दा यस्तो प्रभाव देखिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । जमिनको सतहबाट २ किलोमिटर उचाइ आसपासको वायुमण्डलमा कुहिरोझैं फैलिएको धूलोको कणलाई बर्षाले पखालेको हो ।

हिलाम्ये बर्षा नेपालमा मात्र होइन पाकिस्तानका अधिकांश भेग र बंगलादेशमा पनि परेको छ । भारतको गुजरात, राजस्थान, दिल्ली, पन्जाव, हरियाणामा प्रतक्ष्य देखिएको छ । राजस्थान आसपासको मरुभुमिमा अझै पनि हुरी चलिरहेको र धूलो मिश्रित वायु पूर्व सर्ने क्रम जारी रहेकाले हिलाम्ये बर्षाको प्रभाव दोहोरिन सक्ने मौसमविदहरु बताउँछन् । आजको नेपाल समाचारपत्रमा खबर रहेकाे छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महान्यायाधिवक्ताको व्याख्याले इन्टरनेटमा थप कर लगाउने तर्क खारेज

 चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

रास्वपालाई एमालेको चेतावनी : ‘हाम्रो धैर्यतालाई कमजोरी नठान्नू’

फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर