June 15, 2018

प्राथमिक तहमा १० हजार शिक्षकका लागि आवेदन खुल्यो

शिक्षक सेवा आयोगले पहिलो चरणअन्तर्गत प्राथमिक तहका झण्डै १० हजार पदमा खुला विज्ञापन गरेको छ । तीनवटै तहको खुला विज्ञापन गर्ने तयारी रहेको बताउँदै आयोगले यही साताभित्र निमावि र मावि तहको समेत विज्ञापन गर्दै जाने जनाएको छ ।

आयोगले प्राथमिक तहमा ६ वर्षपछि विज्ञापन खोलेको हो । यसपटक भने आयोगले ९ हजार ९ सय ९६ पदमा विज्ञापन गरेको छ । शिक्षा ऐनको आठौं संशोधनले आधारभूत र माध्यमिक तह गरी विद्यालय शिक्षाको संरचना तय गरे पनि संविधानको धारा ३०४ को व्यवस्था अनुसार नै उक्त विज्ञापन गरिएको आयोगले जनाएको छ ।
आयोगका अनुसार खुलातर्फ ५ हजार ४ सय ९८, महिलातर्फ १ हजार ४ सय २१, दलित महिलातर्फ ४९, मुस्लिम महिलातर्फ १७, आदिवासी र जनजाती तर्फ १ हजार २ सय १५, मधेशीतर्फ ९ सय ८६, दलिततर्फ ४ सय ५, अपांगता भएका तर्फ २ सय २५ र पिछडिएको क्षेत्रतर्फ १ सय ८० आरक्षण छुट्याइएको छ ।

आयोगको अनुसार दरखास्त फारम बुझाउने अन्तिम मिति यही असार ३० गतेसम्मको लागि तोकिएको छ । लिखित परीक्षा असोज १३ गते हुनेछ । आवेदन दिन १८ वर्ष उमेर पूरा भई ४० वर्ष ननाघेको हुनुपर्ने छ । कार्यरत राहत शिक्षकका हकमा भने उमरको हद लाग्ने छैन । कार्यरत स्थायी शिक्षकले समान पदमा उमेदवार हुन पाउनेछैनन् । आयोगका अनुसार यसअघि प्राविको विज्ञापन २०६९ सालमा भएको थियोे । शिक्षा विभागले यसअघि नै २०४९ सालदेखि २०७२ असोज २ सम्मको करिव १७ हजार रिक्त दरबन्दी विवरण आयोगमा पठाइसकेको थियो । पछिल्लोपटक विभागले २०७२ असोज ३ देखि २०७४ फागुन मसान्तसम्मको तीनै तहको ७ हजार रिक्त दरबन्दी विवरण आयोगमा पठाएको छ । 

२०७२ असोज ३ देखि २०७४ फागुन मसान्तसम्मको ७ हजार, यसअघि ७५ प्रतिशत आन्तरिक विज्ञापनबाट बाँकी रहेको २५ प्रतिशत दरबन्दी र सुविधामात्रै रोजेका अस्थायी शिक्षकहरुको ५५ सय गरी १२ हजार पाँच सय दरबन्दी संख्याको आधारमा खुला विज्ञापन गर्ने तयारी गरेको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ट्राफिक प्रहरीलाई जरिवानासम्म सीमित अधिकार, लाइसेन्स वा साँचो नियन्त्रण गैरकानुनी: सर्वोच्च

वैशाख १८, काठमाडौँ।  सर्वोच्च अदालत ले ट्राफिक नियम उल्लंघनका नाममा सवारी चालकको लाइसेन्स, ब्लुबुक वा

मालपोत कार्यालय भक्तपुरबाट ११ जना ‘बिचौलिया’ पक्राउ

वैशाख ९, २०८३,भक्तपुर । भूमि सुधार तथा मालपोत कार्यालय भक्तपुरमा ‘बिचौलिया’ प्रवेश गरी कर्मचारीलाई काम

डाटा सेन्टर, क्लाउड र साइबर सुरक्षामा लगानी गर्ने सरकारको घोषणा

२ बैशाख, २०८३, काठमाडौं । सरकारले डिजिटल अर्थतन्त्र निर्माणलाई तीव्रता दिन डाटा सेन्टर, क्लाउड सेवा

ठगी, भ्रष्टाचार र मुद्दाको भुमरीमा पर्यटन क्षेत्र: यि हुन सुधारको बाटो !

अधिवक्ता तारा निधि पन्त नेपालको प्रमुख आयस्रोतका रूपमा स्थापित पर्यटन क्षेत्र अहिले गम्भीर कानुनी विवाद,

उद्योगमा गौरी कुमारी, श्रममा रामजी यादव नियुक्त

चैत २७, काठमाडौं। प्रधानमन्त्री बालेन शाह ले मन्त्रिपरिषद् विस्तार गर्दै उद्योग तथा श्रम मन्त्रालयमा दुई

श्रममन्त्री साह बर्खास्त

चैत २६, काठमाडौं । प्रधानमन्त्री बालेन शाह ले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साह