शिक्षक सेवा आयोगले पहिलो चरणअन्तर्गत प्राथमिक तहका झण्डै १० हजार पदमा खुला विज्ञापन गरेको छ । तीनवटै तहको खुला विज्ञापन गर्ने तयारी रहेको बताउँदै आयोगले यही साताभित्र निमावि र मावि तहको समेत विज्ञापन गर्दै जाने जनाएको छ ।
आयोगले प्राथमिक तहमा ६ वर्षपछि विज्ञापन खोलेको हो । यसपटक भने आयोगले ९ हजार ९ सय ९६ पदमा विज्ञापन गरेको छ । शिक्षा ऐनको आठौं संशोधनले आधारभूत र माध्यमिक तह गरी विद्यालय शिक्षाको संरचना तय गरे पनि संविधानको धारा ३०४ को व्यवस्था अनुसार नै उक्त विज्ञापन गरिएको आयोगले जनाएको छ ।
आयोगका अनुसार खुलातर्फ ५ हजार ४ सय ९८, महिलातर्फ १ हजार ४ सय २१, दलित महिलातर्फ ४९, मुस्लिम महिलातर्फ १७, आदिवासी र जनजाती तर्फ १ हजार २ सय १५, मधेशीतर्फ ९ सय ८६, दलिततर्फ ४ सय ५, अपांगता भएका तर्फ २ सय २५ र पिछडिएको क्षेत्रतर्फ १ सय ८० आरक्षण छुट्याइएको छ ।
आयोगको अनुसार दरखास्त फारम बुझाउने अन्तिम मिति यही असार ३० गतेसम्मको लागि तोकिएको छ । लिखित परीक्षा असोज १३ गते हुनेछ । आवेदन दिन १८ वर्ष उमेर पूरा भई ४० वर्ष ननाघेको हुनुपर्ने छ । कार्यरत राहत शिक्षकका हकमा भने उमरको हद लाग्ने छैन । कार्यरत स्थायी शिक्षकले समान पदमा उमेदवार हुन पाउनेछैनन् । आयोगका अनुसार यसअघि प्राविको विज्ञापन २०६९ सालमा भएको थियोे । शिक्षा विभागले यसअघि नै २०४९ सालदेखि २०७२ असोज २ सम्मको करिव १७ हजार रिक्त दरबन्दी विवरण आयोगमा पठाइसकेको थियो । पछिल्लोपटक विभागले २०७२ असोज ३ देखि २०७४ फागुन मसान्तसम्मको तीनै तहको ७ हजार रिक्त दरबन्दी विवरण आयोगमा पठाएको छ ।
२०७२ असोज ३ देखि २०७४ फागुन मसान्तसम्मको ७ हजार, यसअघि ७५ प्रतिशत आन्तरिक विज्ञापनबाट बाँकी रहेको २५ प्रतिशत दरबन्दी र सुविधामात्रै रोजेका अस्थायी शिक्षकहरुको ५५ सय गरी १२ हजार पाँच सय दरबन्दी संख्याको आधारमा खुला विज्ञापन गर्ने तयारी गरेको आयोगले जनाएको छ ।
वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी
फाल्गुण २८, ललितपुर । ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा
फागुन २१, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली राजनीति पुनः नयाँ मोडमा आइपुगेको भन्नुहुँदै आफू
ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका
माघ २६,काठमाडौँ । न्याय सेवा आयोगको परीक्षा महाशाखाले ४३ जना जिल्ला न्यायाधीशका लागि विज्ञापन गरेको