स्कटल्यान्डद्वारा इंग्ल्यान्ड ६ रनले पराजित

एडिनब्र (एजेन्सी) – छिमेकी राष्ट्र इंग्ल्यान्ड र स्कटल्यान्डबिच भएको एकमात्र एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा स्कटल्यान्ड ६ रनले विजयी भएको छ । ३ सय ७२ रनको लक्ष्य पछ्याउने क्रममा इंग्ल्यान्ड ७ बल बाँकी छँदै अलआउट भएपछि स्कटिस टोली विजयी भएको हो ।

पहिलो ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले क्यालम म्याकलियोडको नटआउट शतकको मदतले ५० ओभरमा ५ विकेट गुमाउँदै ३ सय ७१ रनको विशाल योगफल खडा गरेको थियो । म्याकलियोडले ९४ बलमा १६ चौका र ३ छक्कासहित १ सय ४० रन बनाए । कप्तान काइल कोट्जरले ५८ र ग्रेग मुन्सीले ५५ रनको अर्धशतकिय पारी खेल्दै टोलीको योगफल बढाएका थिए ।

जवाफमा इंग्ल्यान्डले राम्रो सुरुआत लिएपनि ४९ औं ओभरमा अलआउट भयो । जोनी बेरस्टोले ५९ बलमा १ सय ५ रन जोड्दै उत्कृष्ट सुरुआत दिलाएका थिए । मध्यक्रमका ब्याट्सम्यानले अपेक्षित प्रदर्शन गर्न नसक्दा टोली पराजित हुन पुग्यो । जेसन रोय (३४), एलेक्स हेल्स (५२), मोइन आली (४६) र लियाम प्लंकेट (४७ नटआउट) बाहेक अन्य ब्याट्सम्यानले राम्रो स्कोर बनाउन सकेनन् । स्कटल्यान्डका मार्क वाटले ३ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

१३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने

काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि