सम्झौता अनुसार विकास, निर्माणका काम नगर्ने निर्माण व्यवसायी ठेकेदार को सुची तयार गर्न र कारबाही गर्न गृहमन्त्रालयले मातहतका जिल्ला प्रशासन कार्यलय र प्रहरी प्रशासनलाई निर्देशन दिएपछि अहिले ७७ जिल्लामा यस्ता ठेकेदारको नामावली तयार भईरेको छ र कतिपय जिल्लामा पक्राउसमेत गरिएको छ, भन्दै आजको गोरखापत्र दैनिकमा ‘स्वागतयोग्य कदम’ शिर्षकमा सम्पादकीय छापिएको छ ।

यस्तै, देशभित्र एकातिर कृषिजन्य भुमि बाँझो रहने क्रम बढ्दै जाँदा अर्कातिर बाढी, पहिलो र डुबानजस्ता प्रकोपले कृषिजन्य भुमि बाँझो रहनुका पछाडी केहि कारण छन् ।, ‘बढ्दो बाँझो जमिन र कृषिको नोक्सानी’ शिर्षकमा आजको कारोवार दैनिकले सम्पादकीय छापेको छ ।
राजनीतिक दलहरुबीच लामो समयको रसाकस्सीपछि प्रतिनिधिसभा सञ्चालनसम्बन्धी नियमावली बनेको छ ।
फौजदारी अभियोग लाग्दैमा सांसद पद निलम्बन हुने नहुने र संसदीय समिति संख्याका विषयमा सत्तारुढ र प्रतिपक्षी दलहरुबीच मतभेदका कारण सदन तीन महिनासम्म अन्तरिक कार्यविधिका भरमा सञ्चालन गर्नुपरेको थियो, आजको कान्तिपुरदैनिकमा ‘संसदीय समिति छिटो बनाउ’ शिर्षकमा सम्पादकी छापिएको छ ।
प्रतिनिधिसभा नियमावलीमा फौजदारी अभियोग लागेर पुर्पक्षका लागि थुनामा रहेका सांसदको पद जाने कि नजाने भन्ने विवादले नियमावली पारित गर्नलाई अलमल बनायो। शुक्रबार पारित भएको नियमावलीमा सांसदको पद निलम्बन नहुने व्यवस्था राखिएपछि सर्वाधिक आलोचना हुन थालेको छ ।, आजको नेपाल समाचारपत्रमा ‘निलम्बन नगर्दा आलोचना’ शिर्षकमा सम्पादकीय छ ।
र, सरकारले स्वास्थ्य सेवामा पहुँच बढाउँदै लैजाने प्रतिबद्धता बारम्बार गर्दै आए पनि व्यवहारमा त्यस्तो देखिँदैन ।
स्वास्थ्य क्षेत्रप्रतिको उत्तरदायित्वको सवालमा सरकारी प्रतिबद्धता सधैँ कमजोर देखिन्छ ।
स्वास्थ्य सेवामा पहुँच बढाउन सरकारले त्यस क्षेत्रसँग सम्बन्धित पुर्वाधार निर्माण त गर्नुपर्छ साथै मानव संसाधन विकासमा पनि उत्तिकै जोड दिनुपर्छ ।, आजको नागरिक दैनिकमा ‘स्वास्थ्य प्रतिबद्धताको स्थिति’ शिर्षकमा सम्पादकीय छापिएको छ ।
चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद
तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा
फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल
फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र
फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर