‘आई फिल अमेजिङ’

वरिष्ठ न्युरो सर्जन डा। उपेन्द्र देवकोटाको शरीर रोगल गाल्दै लगेको छ। बाँसबारीस्थित न्युरो अस्पतालको आइसियू कक्षमा उपचार गराइरहेका उनलाई कार्डियाक मोनिटर र अक्सिजन सपोर्ट दिइराखिएको छ। असाध्ये रोगले ग्रसित उनको मुहारमा केही दिनयता अनौठो आत्मसन्तुष्टि झल्किएको आफन्त र चिकित्सकले सहजै अनुमान लगाउन सक्छन्। एनेस्थेसियोलोजिस्ट डा मयुस मुनाकर्मीले शनिबार प्रश्न सोधिहाले, ‘डाक्टरसाप् कस्तो लाग्यो त?’

डा देवकोटाले बिस्तारै ओठ खोले र भने, ‘आई फिल अमेजिङ, वन्डरफुल !’ नजिकै बसिरहेका आफन्तको अनुहारमा पनि चमक देखियो डा देवकोटाको प्रतिक्रिया सुनेर। ‘घरको पिँढीमा बसेर सिस्नेपानीको पानी कलकल खाने इच्छा थियो,’ देवकोटाका भतिजा वसन्तले नागरिकसँग भने, ‘गाउँ पुगेर त्यो धाराको पानी खाएर आएपछिस उहाँको अनुहारमा अनौठो सन्तुष्टि देखियो।’ आजको नागरिक दैनिकमा समाचार छ ।

upendra-devkota_hEF0q3RZLh

बिहानदेखिकै निरन्तर प्रयासपछि परिवारले उनलाई जन्मगाउँ पु¥याउने इच्छा शनिबार पूरा भएको थियो। ‘बेलायतमा छँदैदेखि उहाँले मेडम (श्रीमती डा मधु) लाई एकपटक गाउँ पु¥याउन वचनबद्ध गराउनुभएको रहेछ,’ वसन्तले भने, ‘थप सुधार होला र सकेसम्म बासै बस्ने गरी लान सकिन्छ कि भन्ने लागेको थियो। तर शनिबारै लैजाने निर्णय भयो र पु(याइयो पनि।’

बेलायतमा किङ्स कलेज हस्पिटलमा उपचार भइरहँदा डा। देवकोटाले श्रीमती मधुसँग ‘एकपटक मलाई गाउँ पु(याइदिनुपर्छ’ भनेका थिए। ‘घरमा जाने, लमजुङ साइँलीटारस्थित मामाघर जाने र सबैलाई भेटेर आउने भन्नुभएको थियो,’ देवकोटासँग गोरखा पुगेर फर्किएका उनका मामाका छोरा काशीराज घिमिरेले भने, ‘लमजुङचाहिँ पु(याउन सकिएन।’

डा देवकोटाको स्वास्थ्यमा केही सुधार आएपछि गाउँ लैजाने योजना परिवारको थियो। १८ गते शुक्रबार अचानक श्वासप्रश्वासमा समस्या देखियो, चिकित्सकले तत्काल भेन्टिलेटरमा राख्ने निर्णय गरे। उनको स्वास्थ्यमा बिहीबार केही सुधारको संकेत देखिएपछि चिकत्सकले शुक्रबार भेन्टिलेटर हटाएका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महान्यायाधिवक्ताको व्याख्याले इन्टरनेटमा थप कर लगाउने तर्क खारेज

 चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

रास्वपालाई एमालेको चेतावनी : ‘हाम्रो धैर्यतालाई कमजोरी नठान्नू’

फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर