
धेरै खुसी हुनु पनि मुटुको लागि खतरा हुने स्वस्थ्य बिशेषज्ञहरुले पत्ता लगाएका छन् ।
सरप्राइज, जन्मदिन, पार्टी, परिवारमा नयाँ बच्चाको जन्म, काममा प्रमोसन आदि जस्ता खुसीका पलमा बढी खुसी हुँदा पनि मुटुसम्बन्धी समस्या देखिन सक्ने चेतावनी बिज्ञहरुले दिएका हुन् ।
यो समस्यालाई ‘ह्याप्पी हार्ट सीन्ड्रम’ को संज्ञा दिइएको छ । परिवारको सदस्य गुमाउनु जस्ता दुखद पलले शरीरमा ‘ब्रोकन हार्ट सिन्ड्रोम’ निम्त्याउँछ जसले हार्ट अट्याक गरी मृत्युको मुखमा पुर्याउन सक्छ ।
‘ब्रोकन हार्ट सिन्ड्रोम’ जस्तै गरी ‘ह्याप्पी हार्ट सिन्ड्रोम’ पनि घातक हुन सक्ने बिज्ञहरुले बताएका छन् ।
यूनिभर्सीटी हस्पिटल जुरीचका डा. जेलेना घाड्री र सहकर्मीहरुले अध्ययन गरेका थिए । जसमा धेरै जसो मुटुको केसहरु, डर, तनाव, रिस आदिले निम्त्याएको पाइयो र एक अचम्मको कुरा २० प्रतिशत मुटुका समस्या बर्थडे पार्टी, बिवाह, बच्चाको जन्म दिन आदि जस्ता पलमा अत्याधिक खुसी भएका कारणले हुने देखियो ।
डा. जेलेना भन्छन् ‘मुटुका अवस्था परिक्षण गर्दा अबदेखि यो समस्या खुसीको कारणले पनि हुन सक्ने सम्भावनालाई ध्यानमा राखेर गर्नु जरुरी देखिन्छ ।’
पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,
भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति
चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत
काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद