नेपालमा बसेर अवैध रुपमा इन्डियन प्रिमियर लिग (आईपीएल) को अनलाइन बेटिङ (सट्टाबाजी) गरेको आरोपमा पूर्व राष्ट्रिय फुटबल खेलाडी अञ्जन केसीसहित ६ जना पक्राउ परेका छन्।
महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले फुटबलमा म्याच फिक्सिङको आरोप लागेका नेपाली फूटबल टीमका पूर्व खेलाडी तथा प्रशिक्षक केसीसहित ६ जनालाई आज बिहान पक्राउ गरेको हो।
पक्राउ पर्नेमा केसीसहित गौरव तिवारी, दिनेश बोगटी, नरेन्द्र सुवाल, विजय श्रेष्ठ र अर्का एक जना रहेका छन्।
पक्राउ परेका उनीहरुलाई पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी रहेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता डिएसपी मोहनकुमार थापाले जानकारी दिए।
यसअघि २०७२ कात्तिकमा म्याच फिक्सिङको आरोपमा केसीसहित ५ जना पक्राउ परेका थिए। सबै धरौटीमा छुटेपनि उक्त मुद्दा अझै विचाराधीन छ।
पक्राउ परेकाहरूको साथबाट जुवा खेलाउन प्रयोग भएका मोबाइल, ल्यापटप र नगद बरामद भएको छ।
मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी
मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री
१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।
काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार
काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि
२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि