ठगी गर्ने दुई पेट्रोल पम्पमा सिल

 उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवको निर्देशनमा उपत्यकाका विभिन्न पाँच पेट्रोल पम्पमा गरिएको अनुगमनपछि दुई पेट्रोल पम्पमा ‘सिल’ गरिएको छ । 

नाप तौल तथा गुणस्तर विभागका महानिर्देशक विश्वबाबु पुडासैनी, मन्त्रीका स्वकीय सचिव सन्तोष विष्ट र नेपाल आयल निगमको प्राविधिकसहितको टोलीले आज बिहान गरेको अनुगमनमा कैफियत गर्ने ती पेट्रोलपम्ममा ‘सिल’ गरिएको हो । 

अनुगमनमा परेका एकान्तकुनाको प्रशान्ति आइल डिस्टिब्युटर र चापागाउँ दोबाटोको महालक्ष्मी विश्वकर्मा आयल सेन्टरले ठग्दै आएको भेटिएको सन्तोष विष्टले जानकारी दिए । उनका अनुसार प्रशान्तिले प्रति दश लिटरमा ३० एमएल र महालक्ष्मीले प्रति दश लिटरमा ४० एमएल पेट्रोल कम दिँदै आएको थियो । 

दुई पम्पमा सिल गरिएको छ भने अन्य तीन पेट्रोल पम्पमा सामान्य कमजोरी देखिएकाले ती पम्प सञ्चालकलाई सचेत गराएर आवश्यक प्राविधिक एवं व्यवस्थापकीय सुधार गर्ने निर्देशन गरिएको छ । 

मन्त्रालयले उपभोक्ताको हितमा अनुगमनलाई निरन्तरता दिने र आगामी दिनमा यस कार्यक्रमलाई अन्य क्षेत्रमा विस्तार गरिने जनाएको छ ।  रासस 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार: ९ स्थानीय तह र साझा यातायातबीच समझदारी

काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

सेना राजनीतिक विवादमा मुछिनु दुःखद् : ओली

  काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

पुनर्स्थापनामा केन्द्रित सरकार, ९३९ शव फेला

  काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट

भोटेकोशी बाढी: बेपत्ताको यकिन तथ्याङ्क आउन बाँकी, सञ्चार अवरुद्ध हुँदा उद्धार र पहिचानमा जटिलता

पीपुल नेपाल सम्बादाता भाद्र १४, काठमाडौँ । भोटेकोशीमा गत बुधबार बिहान आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन