एसएसपी खत्री र सुन व्यापारी अग्रवालसहित ७ जनाविरुद्ध रेडकर्नर नोटिसको तयारी

गायब भएको भनिएको साढे ३३ किलो सुन र सनम शाक्य हत्याका फरार अभियुक्त एसएसपी श्याम खत्री र सुन व्यापारी एमके अग्रवालसहित ७ जनाविरुद्ध रेडकर्नर नोटिस जारी हुने भएको छ । सुन गायब र सनम हत्याकाण्डको अनुसन्धान गर्न बनेको उच्चस्तरीय समितिले त्यसको कानुनी गृहकार्य सुरु गरेको छ । 

223118995gore

गत माघ पहिलो साता युएइबाट आएको साढे ३३ किलो सुन गायब भएपछि त्यसमै जोडिएर मोरङ उर्लाबारीका सनम शाक्यको यातनाबाट हत्या भएको थियो । सुन तस्करी र सनम हत्यामा संगठित गिरोह नै लागेको निष्कर्ष निकाल्दै गृह मन्त्रालयको समितिले छानबिन गरिरहेको छ । घटनामा चूडामणि उप्रेती ‘गोरे’को मुख्य अभियुक्त बनाएर ६३ जनाविरुद्ध मोरङ जिल्ला अदालतमा मुद्दा दायर भएको थियो । मंगलबार पक्राउ परेका गोरेलाई पनि रेडकर्नर नोटिस जारी गरेर विश्वभरका १ सय ९२ मुलुकमा खोजी तिव्र पारिएको थियो । 

यो घटनामा प्रहरीका बहालवाला एसएसपी दिवेश लोहनी, एसपी विकासराज खनाल, डिएसपीद्वय सञ्जय राउत र प्रजित केसी, सइ बालकृष्ण सञ्जेलको पनि संलग्नता देखिएकोले उनीहरुसहित २८ जनालाई मोरङ अदालतले पूर्पक्षका लागि जेल चलान गर्न आदेश दिइसकेको छ । अनुसन्धान समितिका एक सदस्यले भने, “फरार रहेकामध्ये एसएसपी श्याम खत्री, हरिशरण खड्का, एमके अग्रवाल, बाजेको सेकुवाका मालिक चेतन भण्डारी, छिरिङ वाङगेल गुरुङ र सुनिल अग्रवाललगायत ७ जनालाई रेडकर्नर नोटिस जारी गर्ने तयारीमा छौं ।’ उनका अनुसार यो प्रक्रिया एक साताभित्रै टुङ्गो लाग्नेछ । 

“फरार अन्य अभियुक्तहरु सामान्य प्रकारका छन्, सम्भवतः उनीहरु छिट्टै समातिन्छन् । तर ६–७ जनाको हकमा भने नोटिस नै जारी गर्नुपर्ने अवस्था छ,” ती अधिकारीले भने । भारतमा केही अभियुक्त लुकेको जानकारी आफूहरुलाई भएको र त्यसका लागि कूटनीतिक पहलमार्फत् समातेर नेपाल ल्याउने तयारी भएको उनले बताए । 

पक्राउ पूर्जी जारी भएका फरार अभियुक्तको अन्तर्राष्ट्रिय स्तरमा खोजीका लागि जारी गरिने सूचनालाई रेडकर्नर नोटिस भनिन्छ । अन्तर्राष्ट्रिय प्रहरी सञ्जाल (इन्टरपोल) ले सूचना जारी गरेपछि विश्वका १ सय ९२ वटा मुलुकमा फरार अभियुक्तको खोजी गरिन्छ । अभियुक्त फेला परेमा अपराधीलाई सम्वन्धित राष्ट्रसमक्ष बुझाइन्छ  । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी, सरकारी कार्यालयमै गुनासो

पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,

न्यायाधीश नियुक्ति क्षमता र पारदर्शिताका आधारमा हुनुपर्छ : सपना प्रधान मल्ल

भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद