एसएसपी खत्री र सुन व्यापारी अग्रवालसहित ७ जनाविरुद्ध रेडकर्नर नोटिसको तयारी

गायब भएको भनिएको साढे ३३ किलो सुन र सनम शाक्य हत्याका फरार अभियुक्त एसएसपी श्याम खत्री र सुन व्यापारी एमके अग्रवालसहित ७ जनाविरुद्ध रेडकर्नर नोटिस जारी हुने भएको छ । सुन गायब र सनम हत्याकाण्डको अनुसन्धान गर्न बनेको उच्चस्तरीय समितिले त्यसको कानुनी गृहकार्य सुरु गरेको छ । 

223118995gore

गत माघ पहिलो साता युएइबाट आएको साढे ३३ किलो सुन गायब भएपछि त्यसमै जोडिएर मोरङ उर्लाबारीका सनम शाक्यको यातनाबाट हत्या भएको थियो । सुन तस्करी र सनम हत्यामा संगठित गिरोह नै लागेको निष्कर्ष निकाल्दै गृह मन्त्रालयको समितिले छानबिन गरिरहेको छ । घटनामा चूडामणि उप्रेती ‘गोरे’को मुख्य अभियुक्त बनाएर ६३ जनाविरुद्ध मोरङ जिल्ला अदालतमा मुद्दा दायर भएको थियो । मंगलबार पक्राउ परेका गोरेलाई पनि रेडकर्नर नोटिस जारी गरेर विश्वभरका १ सय ९२ मुलुकमा खोजी तिव्र पारिएको थियो । 

यो घटनामा प्रहरीका बहालवाला एसएसपी दिवेश लोहनी, एसपी विकासराज खनाल, डिएसपीद्वय सञ्जय राउत र प्रजित केसी, सइ बालकृष्ण सञ्जेलको पनि संलग्नता देखिएकोले उनीहरुसहित २८ जनालाई मोरङ अदालतले पूर्पक्षका लागि जेल चलान गर्न आदेश दिइसकेको छ । अनुसन्धान समितिका एक सदस्यले भने, “फरार रहेकामध्ये एसएसपी श्याम खत्री, हरिशरण खड्का, एमके अग्रवाल, बाजेको सेकुवाका मालिक चेतन भण्डारी, छिरिङ वाङगेल गुरुङ र सुनिल अग्रवाललगायत ७ जनालाई रेडकर्नर नोटिस जारी गर्ने तयारीमा छौं ।’ उनका अनुसार यो प्रक्रिया एक साताभित्रै टुङ्गो लाग्नेछ । 

“फरार अन्य अभियुक्तहरु सामान्य प्रकारका छन्, सम्भवतः उनीहरु छिट्टै समातिन्छन् । तर ६–७ जनाको हकमा भने नोटिस नै जारी गर्नुपर्ने अवस्था छ,” ती अधिकारीले भने । भारतमा केही अभियुक्त लुकेको जानकारी आफूहरुलाई भएको र त्यसका लागि कूटनीतिक पहलमार्फत् समातेर नेपाल ल्याउने तयारी भएको उनले बताए । 

पक्राउ पूर्जी जारी भएका फरार अभियुक्तको अन्तर्राष्ट्रिय स्तरमा खोजीका लागि जारी गरिने सूचनालाई रेडकर्नर नोटिस भनिन्छ । अन्तर्राष्ट्रिय प्रहरी सञ्जाल (इन्टरपोल) ले सूचना जारी गरेपछि विश्वका १ सय ९२ वटा मुलुकमा फरार अभियुक्तको खोजी गरिन्छ । अभियुक्त फेला परेमा अपराधीलाई सम्वन्धित राष्ट्रसमक्ष बुझाइन्छ  । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

१३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने

काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि