मुम्बई (एजेन्सी)– मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा किङ्स ११ पञ्जाबलाई ३ रनले बुधबार हराउँदै अंक तालिकाको चौथो स्थानमा उक्लेको छ । जितपछि १२ अंकसहित चौथो स्थानमा उक्लेको । समान अंक भएका राजस्थान रोयल्स पाँचौं र पञ्जाब छैटौं स्थानमा छ ।
१ सय ८७ रनको लक्ष्य पछ्याएको पञ्जाबले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ८३ रन मात्र जोड्न सक्यो । ओपनर लोकेश राहुले अर्धशतक र आरोन फिन्चले ४६ रन बनाएपनि पञ्जाब लक्ष्यमा पुग्न सकेन ।लोकेशले ६० बलमा १० चौका र ३ छक्काको मद्दतमा ९४ रनको योगदान गरे ।
फिन्चले ३५ बलमा ३ चौका र १ छक्कामा ४६ रन जोडे । अर्का ओपनर क्रिस गेलले १८ र अक्षर पटेलले अविजित १० रन जोेडे । मुम्बईका जसप्रित बुम्राहाले ३ र मिचेल म्याक्लिघनले २ विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको मुम्बईले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ८६ रन बनाएको थियो ।
टोलीका लागि किरोन पोलार्डले अर्धशतक बनाएका थिए । २३ बल खेलेका पोलार्डले ५ चौका र ३ छक्काको मद्दतमा ५० रन जोडे । कुर्नाल पाण्डेले ३२, ओपनर सूर्यकुमार यादवले २७ र इशान किशनले २० रन बटुले । मिलेल म्याक्लिघनले अविजित ११ रन बनाए ।
पञ्जाका एन्ड्रीयू टेले ४, रविचन्द्रन आश्विनले २ तथा अंकित राजपुत, मार्कुस स्टोनिसले समान १ विकेट लिएका थिए । आइपिएलमा बिहीबार रोयल च्यालेन्जर्स बैंगलोर र सनराइजर्स हैदराबादबीच प्रतिस्पर्धा हुनेछ ।
पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,
भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति
चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत
काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद