जनकपुरमा राष्ट्रिय झन्डा बिगारिएकोबारे केन्द्र सरकारले माग्यो तीन दिने स्पष्टिकरण

सामान्य प्रशासन तथा संघीय मामिला मन्त्रालयले जनकपुरमा राष्ट्रिय झन्डा बिगारिएकोबारे स्पष्टिकरण मागेको छ।

flag

मन्त्री लालबाबु पण्डितले मन्त्रीस्तरीय निर्णय गरेर झन्डाको स्वरूप कसरी बिग्रियो, त्यसमा कोको जिम्मेवार छन्? भन्ने स्पष्टिकरण दिन आइतबार निर्देशन दिएको मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिए।

प्रधानमन्त्री केपी शर्मा ओली र  भारतीय समकक्षी नरेन्द्र मोदीले रामायण सर्किट र जनकपुर-अयोध्या सिधा बस सेवाको उद्घाटन गर्ने कार्यक्रममा  राखिएको नेपालको झन्डाको स्वरूप बिगारिएको थियो। वैशाख २८ गते दुबै प्रधानमन्त्रीले सो कार्यक्रमलाई सम्बोधन पनि गरेका थिए।

प्रवक्ता अधिकारीले प्रदेश नम्बर २ का प्रमुख सचिव, आन्तरिक मामिला मन्त्रालयका सचिव, धनुषाका प्रमुख जिल्ला अधिकारी र जनकपुर उपमहानगरका प्रमुख कार्यकारी अधिकृतलाई स्पष्टिकरण दिन पत्र पठाइएको बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने