काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई ‘भारतीय बाँधका कारण नेपाली भूमि डुबानमा पर्दा तपाईंको मन दुख्छ कि दुख्दैन’ भनेर सोधेका छन्।
भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ताका क्रममा प्रधानमन्त्री ओलीले सीमा क्षेत्रमा भारतले बनाएका बाँधका कारण नेपाली भूमि डुबानमा पर्दा बर्सेनिे मानवीयसँगै अर्बौै रुपैयाँबराबरको धनमाल क्षति हुुने गरेको जानकारी गराउँदै यस्तो प्रश्न गरेका हुन् । मोदी दुईदिने नेपाल भ्रमण गरी शनिबार स्वदेश फर्किसकेका छन् ।
प्रधानमन्त्री ओलीले डुबान समस्या समाधान गर्न मोदीको ध्यानाकर्षण गराएपछि नेपाल–भारत संयुक्त विज्ञप्तिको आठौंं बुदाँमा यो विषय सम्बोधन गर्ने प्रतिबद्धता गरिएको छ । मोदी भ्रमणको अन्तिम दिन शनिबार दुवै देशले १३बुँदे संयुक्त विज्ञप्ति जारी गरेका थिए।
भावुक मुद्रामा ओलीले यस्तो प्रश्न राखेपछि मोदीले समस्या समाधानमा पहल गर्ने र नेपाल–भारत सीमा क्षेत्र अवलोकन भ्रमण गर्ने प्रतिबद्धता जनाएको जानकारी अर्थमन्त्री युवराज खतिवडाले दिए । ‘भारतीय बाँधका कारण नेपालतर्फ बर्सेनि बर्खाका बेला मानवीयसँगै अर्बौ रुपैयाँबराबरको धनमाल क्षति हुँदै आएको छ, नेपाली जनता वर्षौंदेखि यो समस्यामा पर्दै आएका छन्,’ ओलीले मोदीसँग राखेको प्रश्न र विषयवस्तु उद्धृत गर्दै अर्थमन्त्री खतिवडाले भने, ‘यसरी बर्सेनि नेपाली जनता डुबानमा पर्दा तपाईको मन दुख्दैन ?’प्रधानमन्त्री ओलीले उक्त प्रश्न गर्दा भावुक देखिएका भारतीय प्रधानमन्त्री मोदीले विलम्ब नगरी जबाफ दिएका थिए ।,यो खबर आजको नागरिक दैनिकमा छ ।
चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट
पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,
भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति
चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत
काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’