May 11, 2018

प्रधानमन्त्री ओली र मोदीबीच होटल द्वारिकाजमा ‘वान टू वान’ (एक्लाएक्लै) वार्ता

 

काठमाडौँ, बैशाख २८ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच शुक्रबार साँझ होटल द्वारिकाजमा ‘वान टू वान’ (एक्लाएक्लै) भेटवार्ता भएको छ।

दुई प्रधानमन्त्रीको एक्लाएक्लै भेटवार्ता सकिएपछि दुई देशका प्रतिनिधिमण्डलबीच छलफल हुनेछ । दुई पक्षीय भेटपछि संयुक्त वक्तव्य जारी गरिनेछ । शुक्रबार साँझ नै दुई प्रधानमन्त्रीले संयुक्त रुपमा अरुण तेस्रो जलविद्युत आयोजनाको शिलान्यास गर्ने तयारी छ ।

होटलबाटै दुबै प्रधानमन्त्रीले संखुवासभामा बन्न लागेको ९०० मेगावाटको अरूण तेस्रोको शिलान्यास पनि रिमोटमार्फत् गर्नेछन्। सोही होटलमा भारतीय प्रधानमन्त्री मोदीले पूर्वप्रधानमन्त्रीहरूसँग पनि भेटवार्ता गर्नेछन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय सकमक्षी मोदीको सम्मान रात्रीभोज पनि आयोजना गरेका छन्। यसअघि मोदीलाई टुँडिखेलस्थित सैनिक मञ्चमा गार्ड अनर दिइएको थियो। गार्ड अफ अनरपछि मोदी राजनितिक भेटघाटमा व्यस्त छन्।

प्रधानमन्त्रीसँगको भेटअघि मोदीले राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनसँग शिष्टाचार भेट गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जिफन्टको ‘रिपोर्ट’ : २१ प्रतिशत उद्योग प्रतिष्ठानले न्यूनतम पारिश्रमिक दिँदैनन्

 वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

चैत १ गतेदेखि १५ वैशाखसम्म कान्तिराजपथ बन्द

 फाल्गुण २८, ललितपुर । ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा

म राजनीतिमा रहुन्जेल उथलपुथल भइरहन्छ:प्रचण्ड

फागुन २१, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली राजनीति पुनः नयाँ मोडमा आइपुगेको भन्नुहुँदै आफू

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

  ४३ जना जिल्ला न्यायाधीशका लागि  विज्ञापन

माघ २६,काठमाडौँ   । न्याय सेवा आयोगको परीक्षा महाशाखाले  ४३ जना जिल्ला न्यायाधीशका लागि  विज्ञापन  गरेको