बलिउड अभिनेत्री सोनम कपुर र उनका प्रेमी आनन्द आहुजा मंगलबारबाट पति-पत्नी भएका छन् । मुम्बईमा उनीहरुको बिहे पञ्जाबी रितिरिवाजअनुसार भयो ।

सोनमकी अन्टी कविता सिंह निवासमा वैवाहिक समारोह आयोजना भएको थियो । त्यहाँ दुलहीभन्दा पहिला दुलाहा पुगेका थिए । उनी न घोडामा सवार थिए, न जन्ती नै लगेका थिए । सामान्य रुपमा उनी समारोहस्थल पुगे ।
पछि सोनम बेहुली बनेर त्यहाँ आइन् । उनीहरुले साधारण तरिकाले सातफेरा लिए । सोनमले रातो र गोल्डेन कलरको लहेंगा लगाएकी थिइन् भने उनको मेकअप हल्का थिए ।
हातमा रातो रंगको चुरा र गोल्डन रंगको बाला लगाएकी थिइन् । उनका दुलाहा आनन्दले गोल्डन कलरको शेरवानी र ह्वाइट एन्ड गोल्डेन पगडी लगाएका थिए ।
वैवाहिक समारोहमा बलिउडकर्मीको बाक्लो उपस्थिति थियो । बलिउडका महानायक अमिताभ बच्चन आफ्नी छोरी श्वेता र छोरा अभिषेक बच्चनसँगै पुगेका थिए । बुहारी ऐश्वर्या राय भने गइनन् ।
करिना कपुर पति सैफ अली खान र छोरा तैमुरसहित पुगिन् । यसैगरी ज्याकलिन फर्नान्डिज, रानी मुखर्जी, रणबीर सिंह, आमिर खानलगायतका दिग्गजहरु पुगेका थिए ।
जेठ १७, काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत
भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै
पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो
काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित
हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको