सिन्डिकेट पक्षधर व्यवसायीले स्वीकारे हार !

1475394072sajha-yatayat

 
 
 

काठमाडौँ, वैशाख २४ । वर्षौँदेखि कायम भएको सिन्डिकेट अब अन्त्य हुने भएको छ । सिन्डिकेट पक्षधर यातायत व्यवसायी कम्पनीमा जान तयार भएका छन् । सरकारको कारवाही पश्चात् व्यवसायीहरु आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिँदै कम्पनीमा जान तयार भएका हुन् ।

यातायात व्यवसायी र सरकारी पक्षबीच यातायात मन्त्रालयमा आइतबार राति अबेरसम्म भएको वार्तापश्चात् यातायात व्यवसायीले आन्दोलन फिर्ता लिने, कम्पनिमा जाने लगायतका सहमति जनाएका हुन् ।

सहमतिको विस्तृत विवरण सोमबार दिउँसो संयुक्त पत्रकार सम्मेलन मार्फत् सार्वजनिक गर्ने सहमति भएको वार्तामा सहभागी भएका अधिकारीले जनाएका छन् ।

नेपाल यातायात ब्यवसायी राष्ट्रिय महासंघले शुक्रबार देशभरीको यातायात बन्द आहृवान गरेको थियो । सरकारले यातायात समिति र संघलाई खारेज गर्दै कम्पनीमा दर्ता हुन भनेको थियो । तर, त्यसविरुद्ध २१ गते सांकेतिक बन्द गरेका यातायात व्यवसायीले २७ गतेदेखि अनिश्चितकालीन यातायात हड्ताल गर्ने र सरकारलाई घुँडा टेकाउने घोषणा गरेका थिए ।

यातायात व्यवसायीविरूद्ध सरकार आक्रामक रुपमा प्रस्तुत भयो । हड्तालमा सहभागीहरुलाई पक्राउ गर्ने र रुट परमिट खारेज गर्ने कदम चालेपछि अन्ततः व्यवसायी उल्टै पछि हट्न बाध्य भएका थिए । पक्राउ परेका सिन्डिकेट पक्षधर व्यवसायी आइतबार दिउँसो महानगरीय प्रहरी परिसर काठमाडौंमा सिण्डिकेट नगर्ने, यातायात सञ्चालन गर्ने लगायतका लिखित प्रतिवद्धतामा हस्ताक्षर गरी  रिहा भएका थिए ।

अन्ततः गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले अत्यावश्यकीय सेवा अवरूद्ध गर्दै हड्ताल गर्नेलाई कानुन अनुरूप कारवाही गर्ने स्पष्ट अडान लिएपछि यातायात व्यवसायी पछि हट्न बाध्य भए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

१३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने

काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि