मेरो कार्यकालमा म्याच फिक्सिङ हुँदैन र हुन दिन्न : एन्फा अध्यक्ष कर्माछिरिङ

अखिल नेपाल फुटबल संघ (एन्फा) का नवनिर्वाचित अध्यक्ष कर्माछिरिङ शेर्पाले म्याच फिक्सिङ रोक्न तत्काल कानून आवश्यक रहेको बताएका छन् । उनले भने, ‘म्याच फिक्सिङको अन्त्य गर्न तत्काल कानून आवश्यक छ, त्यो कानून ल्याउनको लागि सरोकारवाला निकाय, सरकार र संसदले विशेष पहल लिनुपर्छ।’

उनले अनुशासन कमिटि र एपिल कमिटी गठन गरेर खेलमा रहेका सबैखाले मिलेमतोहरु रोक्ने विश्वास समेत दिलाएका छन् । उनले भने, ‘हामी सबै खेलाडीहरुको गतिविधि नियाँल्छौं, उनीहरुले कसलाई भेट्छन्, के गर्छन् ? त्यसको विषयमापनि जानकारी लिन्छौं।’

आईतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा अध्यक्ष शेर्पाले पछिल्लो समय फूटबलमा ‘म्याच फिक्सिङ’ गरेको आरोप लागेको बताउँदै भने, ‘फुटबलमा नीतिगत पारदर्शीता हुनुपर्छ, हामी अब त्यसैमा केन्द्रित हुन्छौं, यसका लागि विज्ञहरुसँग छलफल गरेर उपयुक्त नीति बनाउँछौं।’ एन्फामा देखिएको अनियमितता रोक्नको लागि आर्थिक नियामावली जारी गरेर पारदर्शीता कायम गर्ने उनको भनाई थियो ।

अहिले म्याच फिक्सिङ रोक्नको लागि फुटबलको सर्वोच्च निकाय फिफाले सफ्टवेयर बनाएको उल्लेख गर्दै उनले भने, ‘त्यो सफ्टवेयर मार्फत नेचुरल र अननेचुरल गेम पत्ता लगाउन सकिन्छ, त्यो प्रविधिमार्फतपनि हामी अघि बढ्छौं।’

उनले अहिले आर्थिक नियामावली नभएको स्पष्ट पारे । उनले थपे, ‘अब हामी आर्थिक नियामावली बनाउँछौं, यो नियामावली बन्नेवित्तिकै फुटबलमा देखिएको अनियमितता अन्त्य गर्नको लागि महत्वपूर्ण हुन्छ।’

अध्यक्ष शेर्पाले फुटबल प्रशासनलाई आईटीमा लैजाने पनि विश्वास दिलाए । उनले भने, ‘क्लब दर्तादेखि लिएर खेलाडीहरुको दर्ता पनि अब अनलाईनबाटै गर्छौं, र खेलाडीहरुले क्लब परिवर्तन गर्दापनि अब अनलाईनबाटै गर्नसक्ने व्यवस्था हामी गर्छौं।’ तल्लो स्तरसम्मै खेलको वातावरण निर्माण गर्नको लागि भोलि बस्ने एन्फाको बैठकबाट ४५ जिल्लामा तत्काल खेल प्रशिक्षण केन्द्र खोल्ने र लिग सञ्चालन गर्ने निर्णय गरिने अध्यक्ष शेर्पाले जानकारी दिए ।

त्यस्तै ७ वटै प्रदेशमा १४ वटा खेलकुद एकेडेमी निर्माण गरिने पनि उनले जनाए । उनले भने, ‘यी एकेडेमीहरु सञ्चालनमा आएसँगै उमेर समूहका खेलाडीहरु उत्पादन गर्नपनि हामीलाई सजिलो हुन्छ, यसले राष्ट्रिय टिम बनाउन धेरै सजिलो हुन्छ।’

उनले आफू एन्फाको नेतृत्वमा आएसँगै अब फुटबल खेलाडीहरुलाई बाह्रै महिना खेल्ने वातावरण बनाउनेपनि दाबी गरे । उनले भने, ‘बाह महिना खेल्ने वातावरण बन्नेवित्तिकै खेलाडीहरुको अभावपनि हुँदैन, यसले खेललाई पनि गुणस्तरीयता प्रदान गर्नेछ।’

नेपाली फुटबलको विकासको लागि सबै क्लबहरुलाई आर्थिक तथा भौतिक रुपमा दिगो बनाउने आफ्नो लक्ष्यको रहेको सुनाउँदै शेर्पाले भने, ‘म छुट्टीको दिनमा पनि स्तरीय लिग खेल खेलाउने तयारीमा छु।’ अझैपनि नेपाली फुटबल खेलाडीहरुले मासिक डेढदेखि २ लाखसम्म कमाउन सक्ने अवस्था रहेको बताउँदै अब एन्फाले व्यवसायिक लिग खेलाउने तयारी गरिरहेको उनले सुनाए । एन्फाले माथिल्लो श्रेणीको प्रतियोगिता सञ्चालन नगर्दा सयौं खेलाडीहरु यतिवेला बेरोजगार भएको अवस्था कोट्याउँदै अब तत्काल लिग सञ्चालन गरेर खेलाडीहरुलाई बाँच्ने आधार तय गर्ने शेर्पाको विश्वास छ ।

उनले भने, ‘राष्ट्रिय खेलाडीहरु उपचार गर्न नसकेर विदेश पलायन हुनुपर्ने बाध्यताबाट मुक्त गर्न उनीहरुको स्वास्थ्य विमा गर्छौं।’ त्यस्तै उनले प्रशिक्षक र रेफ्रीलाई पनि खेलमै आवद्ध भएर बाँच्न सक्ने अवस्था आफूले सिर्जना गर्ने विश्वास दिलाए ।

उनले साफ गेममापनि नेपाललाई अब उपाधि जित्नसक्ने टिम बनाएरै छाड्ने उद्धघोष गरे । उनले भने, ‘हामी एशियन गेममा पनि नेपालको पफर्मेन्स राम्रो बनाउँछौं, हामी उपाधि जित्नेगरी अघि बढ्छौं।’ फुटबल क्षेत्रको विकास र विस्तारको लागि तत्कालिन तथा दिर्घकालिन योजनाहरु बनाएर अघि बढ्ने शेर्पाको प्रतिबद्धता छ।

उनले भने, ‘खेलाडी, प्रशिक्षक र फ्यानहरुको ईज्जत राख्नेगरि फुटबलमा प्रस्तुति देखाउनेगरि हामी अब वातावरण तयार पार्छौं।’ अध्यक्ष शेर्पाले नेपाली फुटबललाई लिएर शीर झुकाउने कुनैपनि काम नगर्ने प्रतिबद्धता जनाए । उनले थपे, ‘खेलाडी र फ्यान दुवैको शीर झुकाउने काम गर्दिन।’

राष्ट्रिय टिमका गोलकिपर किरण चेम्जोङ र मिडफिल्डर रोहित चन्दले अन्र्तराष्ट्रिय फुटबल क्लबबाट खेलिरहेको प्रसँग कोट्याउँदै उनले अहिलेपनि नेपाली खेलाडीहरुले अन्तर्राष्ट्रिय क्लबमा खेलिरहेकोले आगामी दिनमा यस्ता खेलाडीहरु थुप्रै जन्माउने विश्वास दिलाए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

हिउँ पर्ने बहानामा दुई चरणमा निर्वाचन स्वीकार्य छैन : ओली

 माघ २२,काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हिउँ पर्ने बहानामा निर्वाचन दुई चरणमा

मध्यम वर्ग लक्षित वाचापत्र ल्याउँछौँ:रास्वपा नेता खनाल

२०८२ माघ १८,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता शिशिर खनालले आगामी निर्वाचनका लागि

ट्रम्पका कारण चीन र बेलायतको सम्बन्ध सुधारतर्फ

माघ १५,काठमाडौं । पछिल्लो समय पश्चिमी देशहरू आफ्ना राष्ट्रिय हितको खोजीमा एसियातर्फ केन्द्रित हुन थालेका

घण्टीघर पुगेर बालेनले बजाए पार्टी चिह्न ‘घण्टी’

माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र

कुन कांग्रेस आधिकारिक ? विवाद निर्वाचन आयोगमा, सुरु भयो कागजी ‘युद्ध’

 माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०

अर्को साता मौसमी प्रणाली सक्रिय हुने संकेत, वर्षाको सम्भावना देखियो

 माघ २,काठमाडौं ।  दुई अन्तर्राष्ट्रिय मौसमी मोडलले अर्को सातादेखि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना