बलिउडमा केही यस्ता अभिनेत्री छन् जसले ४० पार गर्दा पनि उनीहरुको सुन्दरतामा कमी आउन दिएका छैनन् । जवानीमा कमी आएको छैन । उमेरले ४० कटिसकेका, बच्चाका आमा भइसकेका अभिनेत्रीहरु अझै फिल्ममै छन् । उमेर बढ्दा पनि उनीहरुको सुन्दरतामा ह्रास आएको छैन । चाहे ऐश्वर्या होस्, शिल्पा होस् या काजोल अथवा मलाइका नै किन नहोस्, यी सबै अभिनेत्रीहरुले उमेरलाई मात दिँदै आएका छन् ।
आज हामी तिनै ४० कट्दा पनि सुन्दरतामा कमी नआएका अभिनेत्रीहरुबारे चर्चा गर्नेछौं :
मलाइका अरोडा खान- ४४ वर्ष

खान खानदानकी पूर्व बुहारी मलाइका अरोडा प्राय: आफ्नो बोल्ड अवतारका कारण खबरमा छाउँछिन् । मलाइका सामाजिक सञ्जालमा पनि चर्चित् छिन् । मलाइका अहिले ४४ वर्षकी भइन् तर उनी अझै बलिउडका अभिनेत्रीलाई हटनेसको मामिलामा टक्कर दिन्छिन् । मलाइका फिल्ममा नदेखिए पनि उनको चर्चा कुनै चलेको अभिनेत्रीको भन्दा कम छैन । मलाइकाले केही समयअघि पति अरबाजसँग सम्बन्धबिच्छेद गरेकी थिइन् । उनको जन्म २३ अक्टोबर , १९७३ मा भएको हो । उनी अहिले ४४ वर्षकी भइन् ।
ऐश्वर्या राय बच्चन- ४४ वर्ष

४४ वर्षीया ऐश्वर्या राय बच्चन अहिले पनि बलिउडमा सुपरस्टारको रुपमा छिन् । उनी एक ७ वर्षीया बच्चाकी आमा हुन् तर पनि उनको ग्ल्यामरमा कुनै पनि कमी आएको छैन । करण जोहरको फिल्म ‘ऐ दिल है मुश्किल’मा ऐश्वर्याको ग्ल्यामर र सुन्दरता हेर्न लायक थियो । अहिले पनि बलिउडमा निकै अफरहरु आइनैरहेका छन् । तपाईलाई जानकारी गराऔं कि ऐश्वर्याले हालै एक नयाँ फिल्म साइन गरेकी छन् । यस फिल्मका लागि उनले १० करोड पारिश्रमिक लिएको भारतीय सञ्चारमाध्यमहरुले खबर लेखेका छन् । ऐश्वर्या फिल्म ‘रात और दिन’ को रीमेकमा काम गरिरहेकी छन् ।
काजोल- ४४ वर्ष

एकपटक फेरि नयाँ फिल्ममार्फत मिसेज सिंघम अर्थात् काजोल ठूलो पर्दामा देखिन लागेकी छन् । ४४ वर्षीया काजोल आफ्नो सुन्दरताको जादु अझै चलाउँदेछिन् । काजोलको यो फिल्म आनन्द गान्धीको एक गुजराती प्लेमा आधारित छ । काजोल दुई बच्चाकी आमा बनिसकेकी छन् तर पनि उनीमाथि फिल्मको अफर बढिरहेको छ । उनको फ्यान अझै घटेको छैन ।
शिल्पा शेट्टी- ४३ वर्ष

शिल्पा शेट्टी ४३ वर्षकी भइन् तर उनलाई देख्दा लाग्दैन कि ४० कटिसकेकी छन् । शिल्पाले सुन्दरता र फिटनेसको मामिलामा अहिलेका अभिनेत्रीहरुलाई हराइदिन्छिन् । योगा गरेर उनले समय रोकिदिएकी छन् । हालै उनी बिकिनीमा देखिएकी थिइन् । दुवईमा छुट्टी मनाउन गएकी शिल्पा बिकिनीमा निकै हट देखिएकी थिइन् । हाल शिल्पा ‘सुपर डान्सर्स’ शो को जज गरिरहेकी छन् ।
जेठ १७, काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत
भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै
पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो
काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित
हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको