‘अब जे भयो-भयो, पार्टीलाई एकसाथ अघि बढाअाैँ’- कांग्रेसका नेताहरु

congress-3_67SHrIrgRT

काठमाडौं – कांग्रेसका नवनियुक्त पदाधिकारीले शनिबार वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री शशांक कोइरालालाई भेटेर सहयोगको अपिल गरेका छन् ।

सभापति शेरबहादुर देउवाले शुक्रबारको निर्वाचित कार्यसमितिको बैठकबाट उपसभापतिमा विमलेन्द्र निधि, महामन्त्रीमा पूर्णबहादुर खडका र सहमहामन्त्रीमा प्रकाशशरण महतलाई मनोनयन गरेका थिए ।

मनोनयन प्रक्रिया विधानविपरीत भएको भन्दै संस्थापनइतर पक्षले बैठक बहिष्कार गरेको थियो । 

वरिष्ठ नेता पौडेल पक्षले विधानविपरीतको प्रक्रियालाई नमान्ने घोषणा गरिरहेका बेला निधि, खडका र महतले एकसाथ पौडेल र महामन्त्री कोइरालालाई भेटेर सहयोग मागेका हुन् । 

‘अब जे भयो-भयो, पार्टीलाई एकताका साथ अघि बढाउन तपाईंहरूकै मार्गदर्शनअनुसार अघि बढ्छौं भनेर हामीले भन्यौं,’ उपसभापति निधिले भने, ‘उहॉले पनि शीर्ष नेताहरूबीच कुनै विषयमा फरक धारणा भए पनि मिलेर जानुपर्ने धारणा राख्नुभयो ।’आजको कान्तिपुरले यो समाचार छापेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महान्यायाधिवक्ताको व्याख्याले इन्टरनेटमा थप कर लगाउने तर्क खारेज

 चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट

आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी, सरकारी कार्यालयमै गुनासो

पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,

न्यायाधीश नियुक्ति क्षमता र पारदर्शिताका आधारमा हुनुपर्छ : सपना प्रधान मल्ल

भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’