आईपीएल: चेन्नाईविरुद्ध कोलकाता ६ विकेटले विजयी

KKR-VS-CSK-33rd-IPL-Match-Prediction-03-May-2018-520x245२१ वैशाख, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा कोलकाता नाइट राइडर्सले चेन्नाई सुपरकिंग्सलाई ६ विकेटले हराएको छ ।

कोलकाताको घरेलु मैदानमा इडन गार्डेनमा भएको यो खेलमा टस हारेर पहिले व्याटिङ गरेको चेन्नाईले २० ओभरमा ५ विकेट गुमाएर १७७ रन बनाएको थियो ।

१७८ रनको लक्ष्य पाएको कोलकाताले शुभमान गिल र दिनेश कार्तिकको उत्कृष्ट प्रदर्शनका कारण १७ ओभर ४ बलमा ४ विकेट गुमाउँदै १८० रन बनाएर जित हासिल गर्‍यो ।

कोलकाताका लागि शुभमान गिलले ३६ बलमा ६ चौका र २ छक्काको मद्दतमा नटआउट ५७ रन बनाए ।  कप्तान दिनेश कार्तिकले १८ बलमा ७ चौका र एक छक्काको सहायतामा नटआउट ४५ रन बनाए । सुनिल नरेनले पनि २० बलमा ३२ रन योगदा गरे जसमा चार चौका र दुई छक्का सामेल थियो ।

बलिङतर्फ चेन्नाइका लागि हरभजन सिंह, रविन्द्र जडेजा, केएम आसिफ र लुंगी निग्दीले एक-एक विकेट लिए ।

सुरुआती व्याटिङ गरेको चेन्नाइका लागि कप्तान महेन्द्र सिंह धोनीले नटआउट ४३ रन बनाए । शेन वाटसनले ३६, सुरेश रैनाले ३१, फाफ डु प्लेसिसले २७, अम्बाती रायडुले २१ र रविन्द्र जडेजाले १२ रन बनाए ।

बलिङतर्फ कोलकाताका पियुस चावला र सुनिल नरेनले २-२ विकेट लिए । मात्र २० रन खर्चेका सुनिल प्लेयर अफ दि म्याच भए । कुलदिप यादवले एक विकेट लिए ।

यो हारसँगै चेन्नाइको टिम ९ खेलबाट १२ अंकका साथ दोस्रो स्थानमा झरेको छ । यसैगरी कोलकाता ९ खेलबाट १० अंकका साथ तेस्रो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महान्यायाधिवक्ताको व्याख्याले इन्टरनेटमा थप कर लगाउने तर्क खारेज

 चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट

आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी, सरकारी कार्यालयमै गुनासो

पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,

न्यायाधीश नियुक्ति क्षमता र पारदर्शिताका आधारमा हुनुपर्छ : सपना प्रधान मल्ल

भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’