मोबाइलकाे सुरक्षा कसरी राख्ने !

mobile_y3WuvhtSUFमोबाइल मानिसका लागि अत्यावश्यक वस्तुको रूपमा स्थापित भइसकेको छ । आजभोलि ठूलादेखि साना बच्चासम्मले स्मार्टफोन प्रयोग गर्छन् । यद्यपि, मोबाइल सुरक्षामा ध्यान नदिँदा चाँडै बिग्रने, स्क्रिन फुट्ने, ब्याट्री ड्यामेज हुनेलगायत थुप्रै समस्या आइपर्छन् । त्यसैले मोबाइल सुरक्षाका लागि यस्ता विषयमा ध्यान दिनुपर्छ :

– इन्टरनेट चलाउने लोभमा कतिपयले रेस्टरुममा पनि मोबाइल चलाउने गर्छन् । यस्तो गर्दा पानी परेर बिग्रने समस्या हुन सक्छ ।

– महँगो मूल्यमा खरिद गरे पनि सुरक्षाका लागि कभर भने निकै सुलभ मूल्यमा पाइन्छ । तर पनि धेरैले मोबाइलमा कभर राख्दैनन् । मोबाइल सेटअनुसार मिल्दो, सुहाउँदो र बलियो कभर प्रयोग गर्नाले कतै खसिहाले पनि मोबाइल फुट्नबाट धेरै हदसम्म जोगाउन सकिन्छ ।

– मोबाइलको स्क्रिनमा स्टिकर हाल्नुको सट्टा टेम्पर्ड ग्लास राख्नुपर्छ । जसले मोबाइलको स्क्रिन स्क्र्याच हुनबाट जोगाउँछ । मोबाइल झुक्किएर खसिहाले पनि स्क्रिन फुट्नबाट जोगाउँछ ।

–मोबाइल खस्नबाट जोगाउन हातमा सजिलै अड्कने खालको नचिप्लिने कभर प्रयोग गर्नुपर्छ । खस्ने समस्या समाधानका लागि अड्काउन मिल्ने चेन, डोरी या औँला अड्काउन मिल्ने कभर पनि राख्न सकिन्छ ।

– पानी र चिसोका कारण पनि मोबाइल बिग्रने गर्छ । त्यसैले पसिना, पानी या अन्य तरल पदार्थले भिजेको हातले मोबाइल समाउने बानी गर्नुहुँदैन । खाना खाँदा, पानी पिउँदा सकेसम्म मोबाइल प्रयोग गर्नुहुँदैन ।

– मोबाइललाई बढी तातोबाट पनि जोगाउनुपर्छ । त्यसैले यसलाई स्टोभ, चिम्नी, चुलो तथा हिटरजस्ता उपकरणबाट टाढै राख्नुपर्छ ।

– मोबाइल सफा गर्दा कहिल्यै पनि स्प्रे र पानीको प्रयोग गर्नुहुँदैन । सफा कटनको कपडामा थोरै अल्कोहल राखेर सफा गर्दा राम्रो हुन्छ । तर, यसरी मोबाइलको बाहिरी भाग मात्र सफा गर्न सकिन्छ । भित्री भाग भने भिजेको कपडाले सफा गर्नुहुँदैन ।

– मोबाइलको ब्याट्री चार्ज गर्दा पनि ध्यान पु-याउनुपर्छ । कतिपयको रातभर चार्ज गर्ने बानी हुन्छ । यसो गर्दा ब्याट्री बिग्रने, फुल्ने, फुट्ने डर हुन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

१३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने

काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि