मोबाइलकाे सुरक्षा कसरी राख्ने !

mobile_y3WuvhtSUFमोबाइल मानिसका लागि अत्यावश्यक वस्तुको रूपमा स्थापित भइसकेको छ । आजभोलि ठूलादेखि साना बच्चासम्मले स्मार्टफोन प्रयोग गर्छन् । यद्यपि, मोबाइल सुरक्षामा ध्यान नदिँदा चाँडै बिग्रने, स्क्रिन फुट्ने, ब्याट्री ड्यामेज हुनेलगायत थुप्रै समस्या आइपर्छन् । त्यसैले मोबाइल सुरक्षाका लागि यस्ता विषयमा ध्यान दिनुपर्छ :

– इन्टरनेट चलाउने लोभमा कतिपयले रेस्टरुममा पनि मोबाइल चलाउने गर्छन् । यस्तो गर्दा पानी परेर बिग्रने समस्या हुन सक्छ ।

– महँगो मूल्यमा खरिद गरे पनि सुरक्षाका लागि कभर भने निकै सुलभ मूल्यमा पाइन्छ । तर पनि धेरैले मोबाइलमा कभर राख्दैनन् । मोबाइल सेटअनुसार मिल्दो, सुहाउँदो र बलियो कभर प्रयोग गर्नाले कतै खसिहाले पनि मोबाइल फुट्नबाट धेरै हदसम्म जोगाउन सकिन्छ ।

– मोबाइलको स्क्रिनमा स्टिकर हाल्नुको सट्टा टेम्पर्ड ग्लास राख्नुपर्छ । जसले मोबाइलको स्क्रिन स्क्र्याच हुनबाट जोगाउँछ । मोबाइल झुक्किएर खसिहाले पनि स्क्रिन फुट्नबाट जोगाउँछ ।

–मोबाइल खस्नबाट जोगाउन हातमा सजिलै अड्कने खालको नचिप्लिने कभर प्रयोग गर्नुपर्छ । खस्ने समस्या समाधानका लागि अड्काउन मिल्ने चेन, डोरी या औँला अड्काउन मिल्ने कभर पनि राख्न सकिन्छ ।

– पानी र चिसोका कारण पनि मोबाइल बिग्रने गर्छ । त्यसैले पसिना, पानी या अन्य तरल पदार्थले भिजेको हातले मोबाइल समाउने बानी गर्नुहुँदैन । खाना खाँदा, पानी पिउँदा सकेसम्म मोबाइल प्रयोग गर्नुहुँदैन ।

– मोबाइललाई बढी तातोबाट पनि जोगाउनुपर्छ । त्यसैले यसलाई स्टोभ, चिम्नी, चुलो तथा हिटरजस्ता उपकरणबाट टाढै राख्नुपर्छ ।

– मोबाइल सफा गर्दा कहिल्यै पनि स्प्रे र पानीको प्रयोग गर्नुहुँदैन । सफा कटनको कपडामा थोरै अल्कोहल राखेर सफा गर्दा राम्रो हुन्छ । तर, यसरी मोबाइलको बाहिरी भाग मात्र सफा गर्न सकिन्छ । भित्री भाग भने भिजेको कपडाले सफा गर्नुहुँदैन ।

– मोबाइलको ब्याट्री चार्ज गर्दा पनि ध्यान पु-याउनुपर्छ । कतिपयको रातभर चार्ज गर्ने बानी हुन्छ । यसो गर्दा ब्याट्री बिग्रने, फुल्ने, फुट्ने डर हुन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी, सरकारी कार्यालयमै गुनासो

पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,

न्यायाधीश नियुक्ति क्षमता र पारदर्शिताका आधारमा हुनुपर्छ : सपना प्रधान मल्ल

भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद