पुने (एजेन्सी)– मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा दोस्रो जित हात पार्ने क्रममा शनिबार शीर्षस्थानको चेन्नई सुपर किङ्सलाई ८ विकेटले हराएको छ । सातौं खेलमा चेन्नईको त्यो दोस्रो हार र मुम्बईको दोस्रो जित हो । जितपछि मुम्बई छैटौं स्थानमा उक्लेको छ ।
१ सय ७० रनको लक्ष्य पछ्याएको मुम्बईका लागि माथिल्लो क्रमका ब्याट्म्यानले सामूहिक प्रदर्शन गरेपछि २ बलअघि नै २ विकेट गुमाएर आवश्यक रन जोडेका थियो । कप्तान रोहित शर्मा अर्धशतक बनाउँदै अविजित रहे । त्यस्तै ओपनर सूर्यकुमार यादवले ४४ र इभान लेविसले ४७ रन जोडे ।
हार्दिक पाण्डेया १३ रनमा अविजित रहे । ३३ बल खेलेका रोहितले ६ चौका र २ छक्काका साथ ५७ रन बनाए । लेविसले ४३ बलमा ३ चौका र २ छक्का प्रहार गरे । त्यस्तै सूर्यकुमारले ३४ बलमा ५ चौका र १ छक्का प्रहार गरे । चेन्नईका हरभजन सिंह र ड्वान ब्राभोले समान १ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले सुरेश रैनाको अविजित अर्धशतकको मद्दतमा निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ६९ रन बनाएको छ । रैनाले अविजित रहँदै ७५ रन बनाए । ४७ बल खेलेका उनले ६ चौका र ४ छक्का प्रहार गरे ।
रैना र ओपनर अम्बाटी रायडुले दोस्रो विकेटका लागि ७१ रनको साझेदारी गरेका थिए । रायडुले ४६ रन र कप्तान महेन्द्र सिंह धोनीले २६ रन जोडे । मिचेल म्याक्लिघनको बलमा इभिनभ लेविसबाट क्याच आउट हुनुअघि धोनीले २१ बलमा ३ चौका र १ छक्का प्रहार गरे ।
रायडुले ३५ बलमा ४ छक्का र २ चौका प्रहार गरे । अर्का ओपनर शेन वाट्सनले ११ बलमा १२ रन बटुले । मुम्बईका म्याक्लिघन र क्रुर्नाल पाण्डेयाले समान २ र हार्दिक पाण्डेयाले १ विकेट लिएका थिए ।
पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,
भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति
चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत
काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद