आइपिएल: मुम्बईसँग चेन्नई ८ विकेटले पराजित

पुने (एजेन्सी)– मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा दोस्रो जित हात पार्ने क्रममा शनिबार शीर्षस्थानको चेन्नई सुपर किङ्सलाई ८ विकेटले हराएको छ । सातौं खेलमा चेन्नईको त्यो दोस्रो हार र मुम्बईको दोस्रो जित हो । जितपछि मुम्बई छैटौं स्थानमा उक्लेको छ । 

१ सय ७० रनको लक्ष्य पछ्याएको मुम्बईका लागि माथिल्लो क्रमका ब्याट्म्यानले सामूहिक प्रदर्शन गरेपछि २ बलअघि नै २ विकेट गुमाएर आवश्यक रन जोडेका थियो । कप्तान रोहित शर्मा अर्धशतक बनाउँदै अविजित रहे । त्यस्तै ओपनर सूर्यकुमार यादवले ४४ र इभान लेविसले ४७ रन जोडे ।

हार्दिक पाण्डेया १३ रनमा अविजित रहे । ३३ बल खेलेका रोहितले ६ चौका र २ छक्काका साथ ५७ रन बनाए । लेविसले ४३ बलमा ३ चौका र २ छक्का प्रहार गरे । त्यस्तै सूर्यकुमारले ३४ बलमा ५ चौका र १ छक्का प्रहार गरे । चेन्नईका हरभजन सिंह र ड्वान ब्राभोले समान १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले सुरेश रैनाको अविजित अर्धशतकको मद्दतमा निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ६९ रन बनाएको छ । रैनाले अविजित रहँदै ७५ रन बनाए । ४७ बल खेलेका उनले ६ चौका र ४ छक्का प्रहार गरे ।

रैना र ओपनर अम्बाटी रायडुले दोस्रो विकेटका लागि ७१ रनको साझेदारी गरेका थिए । रायडुले ४६ रन र कप्तान महेन्द्र सिंह धोनीले २६ रन जोडे । मिचेल म्याक्लिघनको बलमा इभिनभ लेविसबाट क्याच आउट हुनुअघि धोनीले २१ बलमा ३ चौका र १ छक्का प्रहार गरे ।

रायडुले ३५ बलमा ४ छक्का र २ चौका प्रहार गरे । अर्का ओपनर शेन वाट्सनले ११ बलमा १२ रन बटुले । मुम्बईका म्याक्लिघन र क्रुर्नाल पाण्डेयाले समान २ र हार्दिक पाण्डेयाले १ विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

१३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने

काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि