त्रिभुवन विमानस्थल अब २१ घण्टा सञ्चालन हुने

tia-1

काठमाडौँ, १४ वैशाख । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जेठ ७ देखि २१ घण्टा सञ्चालनमा ल्याइने भएको छ । अहिले बिहान ६ बजेदेखि राति साढे १२ बजेसम्म साढे १८ घण्टा मात्रै सञ्चालन हुँदै आएको छ ।

विमानस्थलका महाप्रबन्धक राजकुमार क्षत्रीले बिहीबार पर्यटन मन्त्रालयमा आयोजित सयदिने कार्यक्रम समीक्षामा २१ घण्टा उडान सञ्चालन गर्न चाहिने एटीसीलगायत जनशक्ति व्यवस्थापन भइसकेको बताए ।

हवाई ट्राफिक चापका कारण परेको समस्यालाई न्य्ूनीकरण गर्न एक महिनाअघि पर्यटनमन्त्री रवीन्द्र अधिकारीले सयदिने कार्यक्रममार्फत निर्देशन दिएका थिए । उनको निर्देशनअनुसार अन्तर्राष्ट्रिय विमानस्थल पहिलोपटक २१ घण्टा सञ्चालनमा ल्याउन लागिएको हो ।

‘यसअघि विमानस्थल साढे १८ घण्टाभन्दा बढी नियमित सञ्चालनमा कहिल्यै ल्याइएको थिएन,’ नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले भने, ‘भूकम्प, टर्किस र मालिन्दो विमान दुर्घटनाका बेला बाध्यताले निश्चित समयका लागि चौबिसै घण्टा सञ्चालनमा ल्याइएको थियो, तर नियमित थिएन ।’ गौतमका अनुसार जहाज अवतरण तथा उडान भर्ने दुइटा मात्रै प्रवेश विन्दु भएको एकमात्र धावनमार्ग भएका कारण सञ्चार तथा उड्डयन उपकरण मर्मतसम्भार गर्नुपर्ने भएकाले चौबिसै घण्टा सञ्चालन गर्न सकिँदैन ।

विमानस्थलमा आन्तरिक र अन्तर्राष्ट्रिय गरी दैनिक ४ सय हाराहारी उडान/अवतरण हुन्छन् । सबैभन्दा धेरै गत वर्षको वैशाख ३ गते ४ सय ७४ वटासम्म भएको थियो । पर्यटकीय सिजन, प्रतिकूल मौसम र विमानस्थलमा देखापर्ने समस्याका कारण खासगरी ठूला विमानले एक घण्टासम्म पनि आकाशमै फन्को लगाउनु (होल्ड गर्नु) पर्ने बाध्यता छ । कतिपय विदेशी विमान अवतरण गर्ने अनुमति नपाउँदा भारतको लखनउ, पटना, दिल्ली र बंगलादेशको ढाकासम्म फर्किन बाध्य भइरहन्छन् । कान्तिपुरमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महान्यायाधिवक्ताको व्याख्याले इन्टरनेटमा थप कर लगाउने तर्क खारेज

 चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट

आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी, सरकारी कार्यालयमै गुनासो

पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,

न्यायाधीश नियुक्ति क्षमता र पारदर्शिताका आधारमा हुनुपर्छ : सपना प्रधान मल्ल

भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’