सुनचाँदी व्यवसायी भन्छन्– बजारमा दैनिक ४० केजी सुनको माग छ । तर, नेपाल राष्ट्र बैंकले २० किलो सुन मात्र आयात गर्ने अनुमति दिएको छ । यसरी दिनमा २० किलो र सातामा करिब डेढ सय किलो सुन तस्करीबाट आएको अनुमान छ ।
भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको ८ महिनामा चार हजार सात सय ५० केजी सुन आयात भएको छ । जसको मूल्य २० अर्ब ३५ करोड ७७ लाख रुपैयाँ पर्छ ।
यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २९ प्रतिशतले बढी हो । आव ०७३-७४ को आठ महिनामा १ अर्ब ५६ करोड ९२ लाख मूल्यबराबरको तीन हजार ६ सय ५० केजी सुन आयात भएको विभागको तथ्यांक छ।
समीक्षा अवधिमा सरकारले सुन आयातबाट एक अर्ब ९९ करोड ५० लाख रुपैयाँ भन्सार राजस्व उठाएको छ ।
अघिल्लो वर्षको सोही अवधिमा सुन आयातबाट १ अर्ब ५३ करोड ३० लाख रुपैयाँ भन्सार राजस्व उठाएको थियो । अहिले सुन आयातको भन्सारदर प्रति १० ग्राम ४ हजार २ सय रुपैयाँ छ । सरकारले अघिल्लो वर्षदेखि सुनको कोटा बढाएर दैनिक २० केजी आयात गर्ने व्यवस्था गरेपछि गत आवको पछिल्ला महिना र चालू आवमा सुन आयात बढेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अध्यक्ष रमेश महर्जनले बताए । त्यसअघि प्रतिदिन १५ केजी सुन आयात गरिन्थ्यो ।, यो खबर आजको नयाँ पत्रिकामा छ ।
चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट
पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,
भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति
चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत
काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’