लुम्बिनीमा ‘महासिद्ध स्याँक्चुरी फर युनिभर्सल पिस’ निर्माण गर्ने

 हिमालयन भृकुटी फाउण्डेशन नेपालले २५६२ औँ बुद्धजयन्तीका सन्दर्भमा लुम्बिनीमा ‘महासिद्ध स्याँक्चुरी फर युनिभर्सल पिस’ निर्माण गर्ने भएको छ ।

Image processed by CodeCarvings Piczard ### FREE Community Edition ### on 2014-01-04 22:09:18Z | http://piczard.com | http://codecarvings.com

यही वैशाख १६ गते भवनको पूर्वाधारका लागि निर्माण शुरु गरिने र तीन वर्षभित्र सम्पन्न गरिने योजना छ । विश्वमा लुम्बिनीलाई शान्तिको थलोका रुपमा विकास गरी पर्यटकलाई आकर्षण गर्ने उद्देश्य राखिएको उक्त केन्द्रमा फराकिलो सभा हल, ध्यान केन्द्र लगायतका संरचना निर्माण गरिनेछ ।

आज आयोजित पत्रकार सम्मेलनमा फाउण्डेशनका अध्यक्ष श्याल्पा तेन्जिन रिन्पोछेले विभिन्न जाति, रंग र धर्मका मानिसलाई आध्यात्मिक गन्तव्य र तीर्थस्थलका रुपमा विकास गरिने उक्त केन्द्रमा आधुनिक वास्तुकलाले सजाइएका बौद्ध धर्म, दर्शनको परम्परागत प्रतीकलाई राखिने जानकारी दिए ।

बुद्धको जन्मभूमिका रुपमा रहेको लुम्बिनीमा उक्त केन्द्रको निर्माण भएपछि स्थानीयवासीको शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा सामुदायिक विकासका कार्यक्रम अगाडि बढाइने उनले बताए ।

केन्द्रभित्र बुद्धको जीवनीमा आधारित संग्रहालयसमेत निर्माण गरिने हुँदा बुद्धका अमूल्य मूर्ति, ग्रन्थ तथा सांस्कृतिक दृष्टिकोणले महत्वपूर्ण मानिएका वस्तुको पनि संकलन गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार: ९ स्थानीय तह र साझा यातायातबीच समझदारी

काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

सेना राजनीतिक विवादमा मुछिनु दुःखद् : ओली

  काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

पुनर्स्थापनामा केन्द्रित सरकार, ९३९ शव फेला

  काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट

भोटेकोशी बाढी: बेपत्ताको यकिन तथ्याङ्क आउन बाँकी, सञ्चार अवरुद्ध हुँदा उद्धार र पहिचानमा जटिलता

पीपुल नेपाल सम्बादाता भाद्र १४, काठमाडौँ । भोटेकोशीमा गत बुधबार बिहान आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन