नयाँ वर्ष लागेयता नेप्से परिसूचक दोस्रोपल्ट घटेको छ । अघिल्लो दिन २७.६४ अंकले घटेको सेयर बजार परिसूचक मंगलबार पनि १५.९९ अंकले ओरालो लागेको हो ।

साताको तेस्रो दिन नेप्से परिसूचक नकारात्मक रहँदा अघिल्लो दिनभन्दा आधा कारोबार भयो । सोमबार डेढ अर्बको कारोबार भएका सेयर बजारमा मंगलबार सोहीदिनको परिसूचकको प्रभाव परेको हो ।
१० सय १० दशमलव ८५ अंकबाट सुरु भएको मंगलबारको बजारमा तीब्र उतारचढाव देखियो । यसदिन बजार खुल्नेवित्तिकै केही सुधार देखिएको बजार त्यसयता निरन्तर घटबढ गरिरह्यो । अन्ततः पछिल्लो पौने घण्टा तीब्र रुपमा घट्दै बजार १३ सय ९४ दशमलव ८६ अंकमा पुगेर सीमित भएको हो ।
अधिकांश लगानीकर्ता अघिल्लो दिन “प्रोफिट बुक” गरी आज निश्क्रिय हुँदा बजारमा कारोबार चाप घटेको जानकार बताउँछन् । अपेक्षा गरेअनुरुप बजार घटेको उनीहरु दावी गर्छन् ।
बजार बढेको बेला सेयर धनीहरु मौका कुरेर बस्नुको प्रभाव आजको बजारमा देखिएको लगानीकर्ता विवेक शर्माको दावी छ । बाह्रखरीसँग उनले भने, “यद्यपि बजार के हुन्छ भनेर कसैले अड्कल लगाउन सक्दैन । बजारको यो उतारचढावले कुन समूहको कम्पनीमा लगानी गर्ने दुविधा सिर्जना गरेको छ ।”
मंगलबारको बजारमा कारोबार रकम भने आधाले घटेको छ । अघिल्लो दिन १ अर्ब अर्ब ५२ करोड रुपैयाँको कारोबार भएकोमा यसदिन ७३ करोड ९२ लाख २२ हजार ५९ रुपैयाँको सेयर किनबेच भए । यसक्रममा १७० कम्पनीका १७ लाख १९ हजार ८ सय कित्ता सेयर खरिदविक्रि भए ।
नेप्से घट्दा मंगलबार “क” वर्गका कम्पनीहरुको कारोरबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि ३.४२ अंकले घटेर २९४.६२ अंकमा सिमित भएको छ ।
नेप्से घट्दा आज समूहगत परिसूचकतर्फ ट्रेडिङबाहेक सबै समूह नकारात्मक रहेका छन् । घट्नेमा विकास बैंक समूह सबैभन्दा धेरै १.६८ प्रतिशत घट्यो । अंकका आधारमा बीमा समूह सर्वाधिक ७६ (१.०४ प्रतिशत) अंकले ओरालो लाग्दा बैंक र वित्त समूह पनि १ प्रतिशतले घटे । यसदिन ३९ कम्पनीका सेयरधनीलाई मात्र बजार फलदायी बन्यो । बढ्नेमा नेसनल फाइनान्सका लगानीकर्ताले ६.५३ प्रतिशत कमाए भने एभरेस्ट कम्पनीको सेयर मूल्य ५.९९ प्रतिशतले बढ्यो ।
सोमबार ३ कम्पनीका सेयरधनीले ५ प्रतिशतभन्दा बढी सेयरमूल्य गुमाए । घट्नेमा सांग्रिरा विकास बैंकको सेयर मूल्य ५.३६ तथा प्रोग्रेसिभ फाइनान्स र कनकाई विकास बैंकको पनि सेयर मूल्य ५/५ प्रतिशतले घट्यो ।
यसदिन सेन्चुरी कमर्सिएल बैंकको सेयर खरिदविक्री उच्च रह्यो । यसदिन बैंकका १ लाख ३९ हजार ३९९ कित्ता सेयर ३ सय ९८ कारोबारमार्फत् २ करोड ७६ लाख ३ रुपैयाँमा खरिदविक्री भए । चालू आवको वित्तीय विवरणमा बैंकको नाफा सतप्रतिशतले बढेको खबरले यसदिन बैंकको सेयरमा लगानीकर्ता झुम्मिए । बैंकको सेयर दिनभन्दा ३ रुपैयाँ सस्तोमा पाइएको थियो । यही कारण बैंकको सेयरको उच्च कारोबार भएको जानकारहरुको दावी छ ।
यसदिन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी, नेपाल बैंकलगायत अन्य ६ कम्पनीको पनि २ करोडभन्दा बढीको कारोबार भयो ।
नेप्से घट्दा यसदिन बजार पुँजीकरण १६ खर्ब ३६ अर्ब ८० करोडमा पुगेको छ ।
काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत
वाशिङ्टन डिसी (अमेरिका), असोज ३० गते । विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा रहनुभएका अर्थमन्त्री
काठमाडौँ, असोज १२ ।नेपाल विद्युत प्राधिकरण (नेपा) ले २४ वटा सौर्य ऊर्जा आयोजनासँग विद्युत खरिद
काठमाडौं, असोज १० (शुक्रबार)। अर्थ मन्त्रालयमा आज स्थानीय दातृ निकाय र अन्तर्राष्ट्रिय साझेदार निकायका प्रमुखहरूसँग
काठमाडौँ, भदौ ३ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी तथा उद्यम गर्न कुनै अवरोध
काठमाडौँ, असार २७ — नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि लचिलो र