April 22, 2018

माधव नेपाल एकताको बाधक : प्रचण्ड

 बैशाख ९

पार्टी हेडक्वार्टर बैठक

पार्टी हेडक्वार्टर बैठक

लेनिन जयन्ती र पार्टी स्थापनाको दिवस पारेर आजै गर्ने भनिएको एमाले–माओवादी केन्द्रबीचको एकता आज किन हुन सकेन, आइतबार (९ बैशाख) को पार्टी केन्द्रीय कार्यालय (हेडक्वार्टर) को बैठकमा अध्यक्ष प्रचण्डले यसको कारण खोलेका छन्। प्रचण्डको भनाईमा, पार्टी एकतामा परेको सबैभन्दा ठूलो जटिलना केन्द्रीय समितिमा बाँडफाँट हो र समानताका आधारमा बाँडफाँट हुनुपर्छ भन्नेमा बरिष्ठ नेता माधव नेपाल बाधकको रुपमा देखिएका छन्।

‘एमाले अध्यक्ष केपी शर्मा ओलीपनि समानताका आधारमा पार्टी एकता हुनुपर्छ भन्ने पक्षमा हुनुहुन्छ, तर यसरी नजान ममाथि पार्टीभित्रैबाट ठूलो दबाब छ भनेर उहाँले आफ्नो बाध्यता सुनाउनु भएको छ’ बैठकमा एकतामा देखिएका बाधाबारे जानकारी दिँदै प्रचण्डले भने, ‘मैले बुझ्दा बराबरीका आधारमा एकता गर्नै हुन्न भनेर माधव नेपालले दबाब दिनुभएको बुझिन्छ।’

बैठकमा प्रचण्डले बताए अनुसार, ओलीले अहिले निश्चित प्रतिसतका आधारमा एकता गरौं र अरु कुरा पछि मिलाऊँ भन्ने प्रस्ताव राखेका छन्। र, जवाफमा आफूलेपनि ओलीसँग बराबरीका आधारमा एकता गर्नुपर्छ, नत्र माओवादी केन्द्रका साथीहरुले मान्दैनने भन्ने जानकारी ओलीलाई गराएका छन्।

सैद्धान्तिक विषयमा चाहिँ त्यति ठूलो विवाद नरहेको रिपोर्टिङपनि प्रचण्डले बैठकमा गरेका छन्। ‘मुख्य समस्या भनेको कसरी सम्मानजनक एकता गर्ने भन्ने नै हो, सम्मानजनक एकताका लागि ओलीजी सहमत भएपनि माधव नेपालजीले गर्दा समस्या भएको हो’ प्रचण्डले बैठकमा भने, ‘केन्द्रीय समितिको समायोजनमा कुरा मिल्नासाथ पार्टी एकता टुङ्गिन्छ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार: ९ स्थानीय तह र साझा यातायातबीच समझदारी

काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

सेना राजनीतिक विवादमा मुछिनु दुःखद् : ओली

  काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

पुनर्स्थापनामा केन्द्रित सरकार, ९३९ शव फेला

  काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट

भोटेकोशी बाढी: बेपत्ताको यकिन तथ्याङ्क आउन बाँकी, सञ्चार अवरुद्ध हुँदा उद्धार र पहिचानमा जटिलता

पीपुल नेपाल सम्बादाता भाद्र १४, काठमाडौँ । भोटेकोशीमा गत बुधबार बिहान आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन