कांग्रेस नेता गोपालमान श्रेष्ठको यस्तो दाबी…

gopalman_SNRQkox8Ohकाठमाडौँ, ३० चैत ।  कांग्रेस नेता गोपालमान श्रेष्ठले आफूले पार्टी उपसभापतिमा दाबी नछाड्ने बताएका छन् । सभापति हुन योग्य र सक्षम व्यक्तिले उपसभापतिमा दाबी गर्नुलाई अनौठो ठान्न नहुने उनको भनाइ छ ।

१५ वर्षअघि नै उपसभापति र कार्यबाहक सभापति भइसकेकाले अहिले उपसभापतिमा दाबी गर्नु स्वाभाविक भएको उनको भनाइ छ । ‘देउवाजीलाई १५ वर्षअगाडि तत्कालीन राजा ज्ञानेन्द्रले जेल हाल्दा कार्यबाहक सभापतिका रूपमा पार्टी चलाएको थिएँ,’ श्रेष्ठले नयाँ पत्रिकासँग भने, ‘अहिले उपसभापतिमा दाबी नगर्ने कुरै भएन ।’

१३औँ महाधिवेशनमा सभापतिको उम्मेदवार बन्दा देउवाले आफूलाई उपसभापति बनाउने आश्वासन दिएको श्रेष्ठको दाबी छ । ‘म सभापति भएपछि उपसभापति तपाईं हुने कुरामा शंकै नगर्नुस् भन्नुभएको थियो, उहाँले आफ्नो वचन पूरा गर्नुहुन्छ भन्ने विश्वास मलाई छ,’ श्रेष्ठले भने ।

उपसभापति हुन पहल गरेका नेता खुमबहादुर खड्काले पनि अन्तिमतिर उपसभापतिमा आफ्नो नाम सिफारिस गरेको श्रेष्ठको भनाइ छ । ‘खुमबहादुरजीले पनि उपसभापतिमा दाबी गर्दै बन्ने पहल गर्नुभएकै हो । तर, आफू नबन्ने पक्का भएपछि उहाँले सभापति देउवासँग गोपालमानजीलाई बनाउने भए मेरो समर्थन रहन्छ भन्नुभएको हो,’ श्रेष्ठले भने, ‘केही दिनअघि खुमबहादुरजीको निधन भएपछि पार्टीले उहाँलाई पूर्वमहामन्त्रीको सम्मान दिएको छ । उहाँप्रतिको सम्मान साँचो हो भने मलाई उपसभापति बनाएर प्रतिबद्धता पूरा गर्नुपर्छ, होइन भने खुमबहादुरजस्ता नेताको आत्माले के भन्ला, त्यस विषयमा शेरबहादुरजीले पक्कै सोच्नुहोला ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महान्यायाधिवक्ताको व्याख्याले इन्टरनेटमा थप कर लगाउने तर्क खारेज

 चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट

आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी, सरकारी कार्यालयमै गुनासो

पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,

न्यायाधीश नियुक्ति क्षमता र पारदर्शिताका आधारमा हुनुपर्छ : सपना प्रधान मल्ल

भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’