मध्यरातमा गाउँपालिका अध्यक्षमाथि आक्रमण

Gobinda-poudel-tapaikokhabar-jpg
 ओखलढुंगा– लिखु गाउँपालिका अध्यक्ष गोविन्द पौडेलमाथि गएराति आक्रमण भएको छ । नचिनेका एक समुहले गएराती करिब १० बजेतिर अध्यक्ष पौडेलमाथि आक्रमण गरेको जिल्ला गाउँपालिकाका उपाध्यक्ष शान्ता ढुंगेलले बताइन् ।  
आक्रमणबाट घाइते पौडेलको बायाँ घुँडा , तिघ्रा र खुट्टामा गहिरो चोट लागेको छ भने हातको कान्छी औंलाको नङ समेत फुटेको छ । अहिले घाईते पौलेलको स्थानीय स्वास्थ्य संस्थामा भैरहेको उपाध्यक्ष ढुंगेलले बताइन् । 
कार्यालयको क्वार्टरमा सुतिरहेको अवस्थामा अपरिचित समूहले कोठाबाट बाहिर बोलाएर आफूमाथि आक्रमण गरेको अध्यक्ष पौडेलले बताए । ‘म निवासमै सुतिरहेको थिएँ, अंकल बाहिर निस्कनुस् न जरुरी काम भने , म नागरिक दुःख पाएर आए होलान् भन्ने ठानेर बाहिर निस्किए त्यहीबेला आक्रमण भयो ।’  पौडेलले भने । 
अहिले घाईते पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको छ । 
 यता जिल्ला प्रहरी प्रमुख अनन्तराम शर्माले घटनाको अनुसन्धान भैरहेकाले अपराधी चाडै पत्ता लगाईने बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महान्यायाधिवक्ताको व्याख्याले इन्टरनेटमा थप कर लगाउने तर्क खारेज

 चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट

आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी, सरकारी कार्यालयमै गुनासो

पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,

न्यायाधीश नियुक्ति क्षमता र पारदर्शिताका आधारमा हुनुपर्छ : सपना प्रधान मल्ल

भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’