
यादव सोमबार नै दिल्ली आइपुगेका हुन भने र ठाकुर मंगलबार दिउँसो । ठाकुरलाई विमानस्थलमा राजपा पार्टीनिकट विद्यार्थी युनियनका प्रतिनिधीहरुले स्वागत गरेका थिए ।
ठाकुरको बुधबारदेखि हरियाणास्थित मेदान्ता अस्पतालमा उपचार शुरु गरिने पार्टी प्रवक्ता कृष्णा सिंह(राजपूत)ले अन्नपूर्णलाई जानकारी दिए । नेता ठाकुरको मुटुमा समस्या देखिएपछि सन् २०१६ जनबरीमा हरियाणास्थित मेदान्ता अस्पतालमा उपचार गराइएको थियो ।
मुटुको चाल सन्तुलित बनाउन सर्जरी गरेर पेस मेकर जडान गरिएको थियो । त्यसको चार महिनापछि उनी फलोअपका लागि मेदान्ता आएका थिए । मधेस आन्दोलन र निर्वाचन लगायत राजनीतिक व्यस्तताका कारण त्यसयता उनले चेकजाँच गराउन पाएका थिएनन् । ‘दुइ वर्ष हुन लागिसक्यो, उहाँ फलोअपमा आउन पाउनु भएको थिएन्,’ सिंहले भने ।
प्रधानमन्त्री केपी शर्मा ओली तीनदिने राजकीय भ्रमण सकेर काठमाडौं फर्केको दुइ दिन भित्र राजपाकाका दुई नेता उपचारकालागि दिल्ली आइपुगेका छन् । यो संयोग हो कि पूर्वयोजना भन्ने जिज्ञासामा प्रवक्ता सिंहले भने, ‘उहाँको चेकजाँच गराउने योजना प्रधानमन्त्रीको भ्रमणभन्दा अघिदेखि कै हो । बरु प्रमको भ्रमण भएका कारण उहाँको समयपछि सारिएको हो ।’
प्रधानमन्त्रप्रधानमन्त्रीको भ्रमणलगत्तै भएको दुई नेताको दिल्ली आगमनले राजनीतिक वृत्तमा चासो बढाएको छ । ठाकुर दिल्ली आएलगत्तै भारतीय राजनीतिज्ञहरुले उनको हालचालबारे खबर लिएको बुझिएको छ ।
तर आधिकारिक रुपमा कसकसले उनको स्वास्थ्य अवस्थाबारे सोधपुछ गरेको प्रवक्ता सिंहले बताउन चाहेनन् । उपचारपछि भारतीय नेताहरुसँग भेटघाट हुन सक्ने कुरामा भने उनले सही थापे । ‘स्वभाविक रुपमा उहाँ आएपछि भारतीय राजनीतिज्ञहरुसँग भेटघाट हुन्छ नै’, उनले अन्नपूर्णलाई भने ।
अर्का नेता यादब भने सोमबार नै दिल्ली आइपुगेका हुन् । यादवले भने मंगलबार नै मेदान्ता अस्पतालको ओपिडी सेवामा चेकजाँच सुरु गरिसकेका छन् । उनले मंगलबार नै मुटुरोग तथा पेसमेकर विशेषज्ञ डा. कार्तिक भार्गवसँग चेकजाँच गराएको अस्पताल श्रोतले जनाएको छ ।
भारतले मधेसको मुद्दालाई छाडिसकेको भन्ने अडकलबाजी भइरहेको समयमा दुई नेताद्धयको दिल्ली आगमनले चासो बढाएको छ । उपचारका क्रममा दुवै नेता एक सातासम्म दिल्ली बस्न सक्ने बुझिएको छ । नेता ठाकुरसँगै मधेसी महिला नेतृ चन्दा चौधरी पनि सँगै छिन् ।
प्रधानमन्त्रीको भ्रमणका समयमा मधेस मुद्दाका विषयमा भारतीय प्रधानमन्त्री मोदीले मधेसबारेमा चासो राखेका थिए । त्यसको प्रत्युत्तरमा नेपालका प्रधानमन्त्री ओलीले मधेसको समस्या समाधान भइसक्यो भन्ने प्रतिक्रिया दिएका थिए । त्यसपछि यस विषयमा थप चर्चा नभएको बुझिएको छ ।
वाणिज्य मन्त्री मातृका तेस्रो पटक दिल्ली दौडाहामा
आशा थपलिया
नयाँ दिल्ली: अन्तराष्ट्रियस्तरको ऊर्जासम्बन्धी एक सम्मेलनमा भाग लिन नेपाल सरकारका वाणिज्य मन्त्री मातृका यादव दिल्ली आएका छन् ।
यादव सोमबार साँझ दिल्ली आएका हुन् । भारत सरकार र अन्तराष्ट्रिय उर्जा मन्चको आयोजनामा मंगलबारदेखि सुरु भएको तीन दिने सम्मेलनको मन्त्रीस्तरीय सत्रमा भाग लिन मन्त्री यादव दिल्ली आएका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको तीन दिने भारत भ्रमणको उच्च राजनीतिक प्रतिनिधीमण्डलमा सहभागी रहेका यादव मन्त्री भएयता तेश्रो पटक दिल्ली आएका हुन् ।
पहिलो पटक भारत विश्व व्यापार संगठन (डब्लुटीओ)को मन्त्रीस्तरीय सम्मेलनमा भाग लिन मार्चको तेश्रो साता दिल्ली आएका थिए । त्यतिबेला उनले भारतीय पेट्रोलियन मन्त्री धर्मेन्द्र प्रधानसँग भेटवार्ता गरेका थिए ।
प्रधानमन्त्री ओलीको भारत भ्रमणका समयमा भएको मोतीहारीदेखि अमलेखगन्जको पेट्रोलियम पाइपलाइनको शिलान्यासको खाका सोही समयमा बनेको थियो । अन्नपुर्णपोस्टमा खबर छ ।
चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट
पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,
भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति
चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत
काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’