चितवन, २५ चैत ।
रत्ननगर नगरपालिका १५ माधवपुरस्थित लामिछाने कुखुरा फार्ममा एक सातामा तीन हजार सात सय भन्दा बढी कुखुरा मरेका छन् ।
त्यहाँ पालिएका पाँच हजार एक सय लोमेज जातको लेयर्स कुखुरामध्ये बिहीबार साँझसम्म चारवटा खोरका तीन हजार सात सय मरेका हुन् ।
चैत १५ गते बेलुका हावाहुरी अएपछि कुखुरा मर्न थालेको लामिछानेले बताए ।
त्यस दिन तीनवटा मरेका थिए, उनले भने, भोलिपल्ट पनि कुखुरा झोक्राउने र मर्ने क्रम रोकिएन ।
१६ गते बिहान खोरमा जाँदा १४ वटा मरेको देखेपछि कुखुरा परीक्षण गराउन नमूना लिएर कोन्द्रीय पंक्षी रोग अन्वेशण प्रयोगशाला भरतपुर गएको लामिछानेले बताए ।
प्रयोगशालाले दिएको रिपोर्टमा एआइभी पोजेटिभ देखिएको उल्लेख छ । कुन रोग लागेको भन्ने यकिन गर्न थप परीक्षणका लागि काठमाडौं पठाइदिने भेपछि अमृत घर फर्किए ।
कुखुरा मर्ने खर बढ्दै गएपछि चैत २० मा फेरी कुखुराको नमुना लिएर उनी प्रयोगशाला गए । त्यस दिनको रिपोर्टमा पनि एआइभी पोजेटिभ पाइयो ।
त्यतिखेर करिब एक हजार पाँच सय कुखुरा मरिसकेको थिए । उनले भने, त्यसपछि मात्र थप जाँचको लागि नमूना काठमाडौं पठाइयो, अहिलेसम्म रिपोर्ट आएको छैन ।
अचानक धेरै कुखुरा मर्नुले फार्मका कुखुरामा बर्डफ्लूको संक्रमण भएको आशंका लामिछानेको छ । आजको नागरिक दैनिकमा यो समाचार छापिएको छ ।
चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट
पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,
भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति
चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत
काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’