अन्यौलमा खड्का गुटका कांग्रेस नेताहरु

काठमाडौं, २४ चैत । नेपाली कांग्रेसका प्रभावशाली नेता खुमबहादुर खड्काको निधन भएपछि उनले सम्हालिरहेको टिम अब कसरी अघि बढ्छ भन्ने चासो बढ्न थालेको छ ।

चैत १६ गते खड्काको निधन भएसँगै यो टिम छिन्नभिन्न हुन्छ कि, एकीकृत हुन्छ भन्ने चासोका बारेमा नेताहरु खुलेर कुरा गर्न चाहेनन् ।

पार्टीभित्र सशक्त नेताको टिम बनाएर नेतृत्व गरिरहेका नेता खड्काको निधनपछि उनी पक्षधर नेताहरु सभापति शेरबहादुर देउवा गुटमा कि वरिष्ठ नेता रामचन्द्र पौडेल गुटमा जाने वा छुट्टै टिम बनाएर एकीकृत हुने भन्ने बारेमा गोप्य छलफल भइरहेको बताइएको छ ।

यो टिमका अधिकांश नेताहरु सभापति देउवाको टिमलाई सहयोग गरिरहेका छन् ।

खड्काको निधनपछि उनले सम्हालेको टिमको नेतृत्व पूर्णबहादुर खड्काले गर्ने चर्चा पनि चलेको छ ।

पूर्णबहादुर खड्का पछि यो टिम सम्हाल्ने सम्भावना नेता मोहनबहादुर बस्नेत र शंकर भण्डारीको रहेको बताइन्छ ।

खड्काको निधनपछि भण्डारी पौडेल गुटमै रहने अनुमान पनि गरिएको छ । नेपाल समाचारपत्र दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सर्वोच्चको आदेशलाई लत्याउँदै धादिङ थाँक्रेमा अवैध ढुंगा उत्खनन्

काठमाडौं । धादिङको थाँक्रे गाउँपालिका ७ स्थित सातकिल्लामा सर्वोच्च अदालतको अन्तरिम आदेशलाई अवहेलना हुने गरि

यसरी तोकियो सहकारीमा बचतको सीमा

पुस १५, काठमाडौँ । सहकारी संस्थाको बचत रकम हिनामिनामा दण्डात्मक कारबाहीलाई तीव्रता दिइरहेका बेला सरकारले सहकारीसम्बन्धी

जलवायु परिवर्तनले २०२४ मा विपत्ति निम्त्यायो

पेरिस, पुस १२ गते । सानो र गरिब मायोटदेखि तेल–धनी महाशक्ति साउदी अरबसम्म र समृद्ध युरोपेली

प्रधानमन्त्रीसमक्ष प्रमुख सूचना आयुक्त र आयुक्तद्वारा सपथ

 मङ्सिर २६, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुख आयुक्त डा. सुरेशप्रसाद आचार्यले

वर्ल्डलिंकद्वारा गौरी शंकर बालगृहमा मर्मत गरिएको भवन हस्तान्तरण

कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण  सामाजिक

तिहारमा दाजुभाइलाई स्वस्थ उपहार

पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस  कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा